बेनी । म्याग्दीको प्रमुख पर्यटकीय र धार्मिक गन्तव्यस्थलमध्ये एक हो, मालिका धुरी । घनाजंगलबीच पहाडको टुप्पोमा रहेको मालिकाबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन, पुथा, मानापाथी लगायत हिमश्रृंखला आँखामा ठोकिन्छन् ।
मालिका वडा ६ दरबाङ, ७ बिम र रघुगंगा गाउँपालिका ६, पाखापानीको सिमानामा पर्ने मालिका धुरी समुद्री सतहदेखि ३१७० मिटर उचाइमा छ । सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यताले सजिएको मालिका प्राकृतिक दृष्यको धनी, धार्मिक दृष्टिले प्रसिद्ध कमाएको पवित्रस्थल हो । मालिकाको पूजाआजा, दर्शन र भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासले वर्षेनी सयौंको संख्यामा भक्तजन आउने गरेका छन् ।
विशेषगरी यहाँ बैशाख चण्डीपूर्णिमा, ज्यष्ठीपूर्णिमा, कात्तिकेपूर्णिमा र बालाचतुर्दशीमा आजासहित मेला लाग्ने गर्दछ । मालिका मन्दिरको साथमा कालिका र जाल्पादेवीको मूर्ति पनि सँगै छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनले केही समय बन्द जस्तै भएको मालिका फेरि खुल्न थालेको छ । पर्यटक आगमन बढ्दै गएको छ ।
विसं १९१० देखि पूजा गर्न थालिएको मालिकामा १९६८ देखि मन्दिर निर्माण गरी विधिवत पूजाआजा गरिँदै आएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष छकप्रसाद पाइजाले बताए । ‘मनोकामना पूरा भएपछि पुनः मालिका मन्दिर पुगेर भाकल गरे अनुसार बोकाको बली दिने, परेवा, उडाउने र नरिबल, धूप, ध्वजा, अक्षताले पूजा गर्ने गर्दछन्,’ अध्यक्ष पाइजाले भने । उनका अनुसार यहाँ म्याग्दीसँगै बागलुुङ, पर्वत, स्याङ्जा, गुल्मी, कास्की, चितवन, रुपन्देही, पाल्पा, काठमाडौं लगायत जिल्लाबाट समेत भक्तजन पूजाआजा गर्न आउँछन् ।
जिल्ला सदरमुकाम बेनीबाट दरबाङ, बिम हुँदै मालिका जान सकिन्छ । यस्तै दुखु र हिदीबाट समेत मालिका पुग्न सकिन्छ । बेनीबाटै अर्थुङ्गे, पुलाचौर, डडुवाहुँदै पर्यटकीयस्थल टोड्केको धुरीबाट पनि मालिका जान सकिन्छ ।
मालिका क्षेत्रको जंगलमा पाइने वन्यजन्तु ,हिमशृखंला, पंक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वनपैदावार थप आकर्षण भएको लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष खम थापामगरले बताए ।
मालिका धुरीको पर्यटन प्रवद्र्धनका लागि क्लबले मालिका हाइकिङ गरेको छ । २ दिनसम्म भएको हाइकिङमा क्लबका पदाधिकारी, पर्यटन अभियन्ता, सञ्चारकर्मी, स्थानीय अगुवा, सरोकारवाला सहितको टोली सहभागी थियो ।
जिल्लाका सम्भावना उजागर गर्न क्लबको सक्रियता बढाइएको क्लबका संस्थापक अध्यक्ष राजेश शाक्यले बताए ।
भू तथा जलाधार संरक्षण कार्यालयले गत वर्ष बिमहुँदै मालिका धुरी जाने १२७१ मिटर पदमार्ग निर्माण गरेको छ । कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले ३९ लाख २० हजार रुपैयाँको लागतमा देउराली माथिबाट मालिका धुरीसम्म डेढ मिटर फराकिलो ढुुंगाको सिंढी सहित पदमार्ग निर्माण भएको बताए ।
यसअघि जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या थियो । पदमार्ग निर्माण भएपछि सुरक्षित र सहज रुपमा यात्रा गर्न सकिने बिमका पलवीर जुग्जालीले बताए ।
मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकामगरले मालिका धुरीमा पर्यटक तथा भक्तजन लक्षित गरी थप पूर्वाधार बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताए । गत वर्ष विनियोजन भएको १५ लाख रुपैयाँ बजेटबाट सत्तल र मन्दिर परिसरमा पर्खाल बनाएर रेलिङ निर्माण गरिएको छ । अध्यक्ष श्रीप्रसादका अनुसार यहाँ खानेपानी व्यवस्थापन र हेलिप्याड निर्माण गर्ने गाउँपालिकाको तयारी छ ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१