बालुवा डाँडाबाट उड्यो प्याराग्लाइडिङ

कावासोतीमा प्याराग्लाइडिङको सफल परीक्षण

रामकुमार श्रेष्ठ
फागुन ७, २०७७
PARA

नयाँ नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्य साथ कावासोती नगरपालिकाको सहयोगमा बिहीबार कावासोतीमा प्याराग्लाइडिङको सफल परीक्षण भएको छ । नवलपुरको कावासोती नगरपालिका–१ स्थित बालुवा डाँडाबाट भएको परीक्षण उडान सफल भएको हो । बालुवा डाँडाबाट उडेका प्याराग्लाइडिङ कावासोती–१ मा रहेको पोखरीतालमा ल्यान्ड गरेका हुन् ।

पहिलो दिन ३ वटा सफल परीक्षण उडान भएको छ । पाइलट हरि थापाले पहिलो उडान गरेका थिए । त्यसपछि थप पाइलट सहित टेन्डमसहित थप २ वटा उडान गरिएको थियो ।

९२७ मिटर उचाइको बालुवा डाँडा क्षेत्र हावाको वहाव, उडान र ल्यान्डिङ क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको पाइलट हरि पहारी बताए ।

कावासोतीका युवाको सक्रियता र नगरपालिकाको सहयोगमा गरिएको परीक्षण उडान सफल भएपछि यस क्षेत्रमा नियमित प्याराग्लाइडिङको सम्भावना बढेको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताए । उनी प्याराग्लाइडिङ हुने स्थान बालुवा डाँडामा पुगेका थिए ।

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले ल्यान्डिङ क्षेत्र पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गरेका थिए ।

नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडि बढाउने युवालाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कावासोतीका युवाले स्थानीय उमेश रानाको अध्यक्षतामा बालुवा डाँडा प्याराग्लाइडिङ युवा समूह गठन गरेर यहाँको सम्भावनाबारे अध्ययन थालेपछि नागरिक उड्यान प्राधिकरणबाट परीक्षण उडानको अनुमतिप्राप्त र कावासोती नगरपालिकासँगको सहकार्यमा सुरु गरिएको समूह सचिव बिमल रानाले बताए ।

Related News

सम्बन्धित समाचार

  • वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य रुपमा अघि बढाउनुपर्नेमा…
  • कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    स्याङ्जा । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमनसम्बन्धी आवश्यक ऐन, कानुन निर्माणका लागि सुझाव संकलन गर्ने उद्देश्यले स्याङ्जा…
  • हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाइकिङ भाग ४६ को अवसरमा कालाबाङ घरेडी सामुदायिक होमस्टेको प्रवद्र्धन गरेको छ ।…
  • ‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    गण्डकी । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै…
  • होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय होम स्टे महासंघ आयोजनामा सातदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा उद्योग, पर्यटन,…

hero news full width