पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ महिना महिना संसद विघटन गरेको विषयलाई लिएर विरोधका कार्यक्रम जारी छन् । यसैक्रममा मानव अधिकार तथा शान्ति समाज, कास्कीले ‘असंवैधानिक र अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटनः प्रतिगमनको सिलसिला’ विषयक नागरिक सभा कार्यक्रम गरेको छ ।
समाजका संस्थापक सभापति कृष्ण पहाडीले केपी ओलीको सरकार यतिबेला उल्टो दिशामा हिडिरहेको आरोप लगाए । उनले वर्तमान सरकार राणाकालीन र पञ्चायतकालीन शासकभन्दा पनि क्रूर र तानाशाही प्रवृत्तिको भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले देशलाई २०१७ सालतिर धकेल्न खोजेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले विधि, पद्धति र संविधानको मर्मलाई कुल्चेर एकपछि अर्को असंवैधानिक कदम चालेको भन्दैै पुस ५ गतेको संसद विघटनको कदमदेखि एकलौटी ढंगले संवैधानिक निकाय प्रमुखहरुको नियुक्ति तानाशाह प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन् ।
उनले ओलीका हरेक कदम अलोकतान्त्रिक भएको आरोप लगाउँदै जनताको रगत र पसिनाले ल्याएको ओलीका कारण खतरामा परेको बताए ।
पहाडीले बन्द, हड्ताल प्रजातन्त्र विरोधी गतिविधि भएकाले बन्द आह्वानकर्ता लगायत सबै दललाई अराजकता विरुद्ध शान्तिपूर्ण र अहिंसात्मक तवरले लड्नुपर्ने भन्दै दलले जनतालाई दुःख दिन नहुने सुझाए । उनले नेताहरु जनताको पीरमर्का सुन्नुभन्दा पनि शीर्षनेताको चाकडीमा समय खर्चेको समेत उनले आरोप लगाए ।
समाजका संस्थापक सदस्य कृष्ण कँडेलले दलहरु आफ्नै घोषणापत्रमा उल्लेख भएका नीति तथा कार्यक्रमविपरीत कार्य गरेको भन्दै जनताको बलबुताले ल्याएको लोकतन्त्र जोगाउन नागरिक समाज एकजुट भएर लड्नुपर्ने बताए । संस्थाका केन्द्रीय सभापति उत्तम पुडासैनीले दलमाथि जनताको भरोसा टुटेको बताउँदै उनीहरु नसच्चिएसम्म देशमा सुशासन स्थापित नहुने बताए ।
कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशील बस्तेत, सचिव पुष्पा मल्ल, कास्कीका पूर्व सभापति देवीलाल शर्मा, नागरिक समाज कास्कीका संयोजक इन्द्रकमल मानन्धर, स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, अग्रज पत्रकार नारायण कार्की, पत्रकार श्याम कुँवर, पत्रकारलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा कवि अर्जुन पराजुली र शान्ति समाज कास्कीका साहित्य संयोजक विर्सना बस्नेतले नयाँ राजनीतिक घटनाक्रममाथि ब्यंग्य प्रहार गर्दै कविता एवं मुक्तक वाचन गरेका थिए ।
शान्ति समाज कास्कीका सभापति अमृत सुवर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति तीर्थराज न्यौपाने र सञ्चालन सचिव रामकृष्ण ढुंगानाले गरेका थिए ।
संस्थाको २३ औं राष्ट्रिय परिषद बैठक आगामी फागुन २१ र २२ मा पोखरामा हुँदैछ ।
Related News
सम्बन्धित समाचार
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१