खानेपानी मन्त्री थापाले पुर्पक्षका क्रममा नक्खु कारागारमा रहेको नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित वरिष्ठ नेता हेमन्त प्रकाश वलीलाई भेटेर कुराकानी गरेपछि त्यो कुरा चर्चाको विषय भएको छ । मन्त्री थापाले जेलमा खानेपानी र फेहोर व्यवस्थापनको समस्या रहेकोले आफू निरीक्षण गर्न गएको बताएका छन् । उनले वली आफ्नो पुरानो मिल्ने साथी भएकोले कुराकानी भएको स्वीकारेका छन् । उनले कुराकानीका क्रममा साथीलाई शान्तिवार्तामा आउन आग्रह गरेको बताएका छन् ।
सरकारले केही समय यता पूर्व माओवादीका लडाकुहरुलाई बालुवाटारमा नै बोलाएर कुराकानी गरिरहेको समाचार आईरहकेो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले पनि त्यसमा सक्रियता देखाउदै छन् । त्इस परिप्रेक्षमा मन्त्री थापाले जेलमा गएर कुराकानी गरेको विषय संयोगवस भन्न मिल्दैन । प्रदीप ज्ञावालीले विप्लब समूहले हिंसाको राजनीति परित्याग गरे भने कुराकानी हुन सक्ने जनाएका थिए । त्यसको मतलव हुन्छ सरकार औपचारिक/अनौपचारिक वार्ता गरेर त्यो समूहलाई राजनीतिको मुलधारमा ल्याउन प्रयासरत छ । त्यसलाई अन्यथा भन्न मिल्दैन । त्इसमा पनि अहिले चुनाव नजिकिरहेको वेला त्यस किसिमको प्रयासको आफ्नै महत्व हुन्छ ।
ओली सरकारमा अहिले पूर्व आमोवादी नेताहरु पनि छन् । त्यस हिसाबले पनि सरकारले पूर्व माओवादीसँग सम्पर्क गर्न सजिलो छ । केही नेताहरु सरकारको प्रत्यक्ष सम्पर्कमा रहेको कुरा बाहिर आएको छ । पूर्व माओवादीहरुसँग त्यसरी कुरा गर्नु नराम्रो होइन । तिनीहरुमध्ये केहीले दुःख पाएका छन् । तिनीहरुलाई सरकारले वास्ता नगरेको गुनासा आइरहेका वेला सरकारले खोजिखोजि वालुवाटारमा आमन्त्रण गर्नु सकारात्मक मान्नु पर्दछ । तर पूर्व माओवादी र विप्लब समूहको हैसिय फरक छ । विप्लब समूह प्रतिबन्धित छन् । उनीहरु पनि भूमिगत बसेका छन् । उनीहरुका दर्जानो नेता र कार्यकर्ताहरु जेलमा छन् । सरकारले जेलमा परेकाहरु मार्फत त्यो समूहसँग वार्ता गर्न खोजेको देखिन्छ । तर त्यसरी वार्ता गर्ने भनेर मन्त्री नै जेलमा गएर बन्दीसँग सोझै राजनीतिक कुरा गर्नु धेरैले पचाउन सक्ने विषय होइन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१