पोखरा । संघबाट अधिकार खोसेर ल्याउनुपर्छ भनेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा ७ वटै मुख्यमन्त्रीहरुलाई डाकेर सम्मेलन गरे । नेतृत्वमा भएको केन्द्रीकृत मानसिकताको उनले खुलेर विरोध गरे । ‘संघीयता कार्यान्वयन गर्नका लागि मुख्यमन्त्री बन्न आएको हुँ । चुनौतीहरु आँकलन गरेभन्दा बढी भयो,’ उनले भने, ‘सुरुमा असाध्यै धेरै उत्साह र जाँगर थियो । समस्या त अहिले पनि छ । तर जिरोबाट सुरु भएको प्रदेश सरकारले लय समातेको छ ।’ अपेक्षाकृत उपलब्धि हासिल नगरेपनि आफुहरु अधिकारका लागि निरन्तर लडिरहेको गुरुङ बताउँछन् ।
संघीयता कार्यान्वयनका लागि प्रदेशमा आएपछि अब पार्टीले संघको टिकट दिए पनि ५ वर्ष यहिँ काम गर्नुपर्छ
‘मुख्य सचिवदेखि पियनसम्मका कर्मचारी संघीयता विरोधी छन् । २० प्रतिशत कर्मचारी पनि संघीयतालाई सहयोग गर्दैनन्,’ उनी भन्छन्, ‘संघ सरकारका मन्त्रीहरुको एटिच्युट पनि पोजिटिभ छैन । सबै शक्ति केन्द्रीकृत गर्न चाहान्छन् ।’ संघीयतालाई संस्थागत गर्न प्रतिनिधि सभाको टिकट पार्टीले दिए पनि चुनाव नलड्ने गुरुङले घोषणा गरे । ‘संघीयता कार्यान्वयनका लागि प्रदेशमा आएपछि अब पार्टीले संघको टिकट दिए पनि ५ वर्ष यहिँ काम गर्नुपर्छ । अझै २ वर्ष यहिँ बस्नुपर्छ । जनतासँग गरेको वाचा पूरा गर्नु छ,’ उनले अघि थपे, ‘संघमा जाने बित्तिकै ठूलो मान्छे भइहाल्ने होइन । यही कार्यकालमा संघीयता कार्यान्वयनको धेरै काम सकिन्छ । अनुभूत गर्न सकिने, छुन सकिने परिवर्तन गर्न सक्छौं ।’ उनलाई पत्रकार प्रतीक प्रधानको प्रश्न थियोः ‘प्रदेशमा सफल हुनुभयो भने संघीयताको मुद्दा लिएर केन्द्रीय राजनीतिमा जानु हुन्छ कि जानु हुन्न ?’ निर्वाचित भएपछि कार्यकालभरि काम गर्नुपर्ने उनी बताउँछन् ।
उनले अहिलेको पार्टी विवाद स्वभाविक भएको तर्क गरे । ‘यो विवाद अहिले उम्लिएको मात्रै हो । अहिले प्रकट भएको मात्रै हो,’ गुरुङले भने, ‘म अर्को हिसाबले हेर्छु, जनताका लागि चाहिँ राम्रो भयो । कमसेकम जनताले नेताको हैसियत बुझ्ने मौका पाए ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्ने वातावरण नपाएर मध्यावधि घोषणा गर्नुपरेको गुरुङको भनाइ छ । प्रधानमन्त्रीलाई राष्ट्रियताको रक्षाका लागि परिआए पद छोड्न उनको आग्रह छ । ‘एउटा नेता चुनाव हार्छ ५ वर्ष नहुँदै प्रधानमन्त्री बन्न अर्को हर्कत गर्छ । लोभी पापीसँग संगत गरेपछि दानीले दान गर्नुपर्छ । दानी र लोभीबीचको फरक यही हो,’ उनी भन्छन्, ‘पार्टी र आन्दोलनको उपलब्धिका लागि देशका लागि महादेवले जस्तो कालकुट विष पिउन तयार हुनुपर्छ । प्रधानमन्त्री पनि छोड्न तयार हुनुपर्छ भनेको छु ।’
बाह्रखरी मिडियाले आयोजना गरेको गल्फ प्रतियोगिताको पूर्वसन्ध्यामा भएको गोलमेच छलफल गर्दै मुख्यमन्त्री गुरुङ आफ्नो पद सुरक्षित भएको दाबी गरे । ‘काठमाडौंको बान्ता गर्दा बाछिटा पोखरामा पनि आउन सक्छ । मैले चाहिँ पहिले नै साँध सीमाना दह्रोसँग बाँधेर राखेको छु,’ उनले भने, ‘त्यो सीमा तोडेर पनि आफूले नपाउने भएपछि अर्कोको साँधमा किन मिच्ने भनेर हच्केर बसेका छन् । अझै पनि खेल जारी छ । राजनीतिमा जे पनि हुन सक्छ ।’ गण्डकीको पर्यटन उकास्न सरकार नियमित प्रयास गरिरहेको मुख्यमन्त्री गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१