अर्मलाकोटमा कानुनी सचेतना

आदर्श समाज सम्वाददाता
माघ १९, २०७७
Armala Pic 1

पोखरा ।  पोखरा १६ वडा कार्यालयको आयोजनामा अर्मलाकोटमा कानुनी सचेतना एवं अभिमुखीकरण कार्यक्रम भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले महिला सशक्तीकरणका लागि कानुनी ज्ञान आवश्यक रहेको बताइन् ।

महानगर न्यायिक समिति संयोजक समेत रहेकी उनले २१ औं शताव्दीमा महिला कानुनी ज्ञानको पर्याप्त सचेतनाले मात्रै आफ्नो क्षमतालाई प्रदर्शित गर्न सक्ने बताइन् ।

महानगरका कानुन अधिकृत राममणि अधिकारीले कानुनसम्बन्धी प्रशिक्षण दिँदै अबका महिलाहरु चुल्होचौकोबाट माथि उठेर समाज विकासका लागि अघि बढ्नु पर्ने औंल्याए ।

स्थानीय तेज गुरुङले आमा शिक्षित भएमात्र सम्पूर्ण परिवार र समाज परिवर्तनको बाटोतर्फ लम्कने बताउँदै कानुनी सचेतना कार्यक्रमबाट पर्याप्त लाभान्वित हुन सुझाव दिए ।

वडाध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गुमादेवी गौतम, वडा सदस्यद्वय राजेश गुरुङ र विष्णु नेपालीले बोलेका थिए ।

उक्त अवसरमा होम स्टे सञ्चालन गर्ने अर्मलाका करिब ३० जना महिलालाई कुक तालिम समेत दिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width