हेमजा । ब्रेज मेश्रो फिल्म प्रोडक्शनले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ घान्द्रुकमा प्रदर्शन गरिएको छ । चलचित्र गुरुङ समुदायको संस्कार–संस्कृतिमा आधारित छ । चलचित्रका बजार व्यवस्थापक अमृत गुरुङ लामाले अब घान्द्रुक आसपासका क्षेत्र लगायत पोखरा हुँदै विदेशमा समेत चलचित्र प्रर्दशन गरिने बताए ।
गुरुङले पर्यटकीय गाउँ घान्द्रुकको सेरोफेरोमा अधिकांश छायांकन गरिएकोले प्राथमिकतामा राखेर पहिलो पटक सो गाउँमा प्रदर्शन गरिएको स्पष्ट पारे । करिव ३ सय बढी स्थानीयले चलचित्र अवलोकन गरेका छन् ।
चलचिलको कथा निर्मातामा विमल गुरुङ छन् । त्यस्तै पटकथा र निर्देशन माओत्से गुरुङले गरेका छन् । जसको मुख्य भूमिकामा विश्वास गुरुङ, सुमन गुरुङ, सुमित गुरुङ र प्रिति गुरुङलाई देख्न सकिन्छ ।
त्यस्तै सोम गुरुङ, डिबी गुरुङ, आइतराम गुरुङ, अञ्जु गुरुङ, टिकाराम घले, रविता गुरुङ, अंशु गुरुङ, विरवल गुरुङ, राजेन्द्र थापा, रजनी गुरुङ, सुरज गुरुङ लगायतको पनि अभिनय छ।चलचित्र सुशान प्रजापतीले छायांकन गरेका हुन् ।
प्रर्दशनपछि धारणा राख्दै निर्देशक माओत्से गुरुङले सवैको सद्भावले चलचित्र सफल हुने विश्वास व्यक्त गरे । ३५ लाखको लागतमा चलचित्र निर्माण गरिएको हो । जसको छायांकन गत वर्ष मंसिरमा भएको थियो । यो ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको दोस्रो प्रस्तुति हो ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
‘मनसरा’ बाट आशावादी मिरुना
बेरोजगार युवाको कथा ‘डिग्री माइला’
सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१