लायन्सले खुवायाे विद्यार्थीलाई सात दिन, सातथरी खाजा

आदर्श समाज सम्वाददाता
माघ १, २०७७
Garden news photo

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले मेलवन्स जोन्सको जन्मसप्ताह सेवामय कार्यक्रम साथ सम्पन्न गरेको छ ।

क्लबले डिस्ट्रिकको निर्देशन अनुसार जनवरी ७ देखि १३ तारिखसम्म विभिन्न कार्यक्रम गरेर मेलबिन्स सप्ताह मनाएको हो ।

क्लबले जनवरी ७ देखि १३ गतेसम्म फेदीखोला गाउँपालिका भाटखोला स्याङ्जाको शारदा रमणीय डाँडा आधारभूत विद्यालयका विद्यार्थीलाई सात दिन, सातथरी खाजा खुवाएको छ ।

खाजा कार्यक्रमको रकम ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम रानाभाटले क्लबको साथ र सहयोगले विद्यालयका गतिविधिलाई उल्लेख्य टेवा पुगेको बताए ।

क्लबले दोस्रो कार्यक्रम अन्तर्गत जनवरी १० तारिखदेखि पोखरा २२ का छात्रलाई ६ महिने आधारभूत र डिप्लोमा कम्प्युटर कोर्ष निःशुल्क पढाउन शुरु गरेको छ ।

सप्ताहको अन्तिम दिनमा क्लबले पोखरा रामबजारको भिजन बोर्डिङ स्कुलका विद्यार्थी र विद्यालयलाई शैक्षिक सामग्री, मास्क, स्यानिटाइजर जस्ता सचेतना सामग्री हस्तान्तरण गरेको छ ।

सहयोग ग्रहण गर्दै विद्यालयका प्रिन्सीपल तिलक थापाले बजारमा भए पनि सीमान्तकृत समुदायका बालबच्चा अध्ययन गर्ने विद्यालयमा क्लबको सहयोगले विद्यार्थीलाई राहत मिल्ने धारणा राखे ।

क्लबका संस्थापक अध्यक्ष हरि भाटले क्लबले मेलविन्सको जन्म सप्ताह डिस्ट्रिकको नर्चर द फ्युचर उद्घोष केन्द्रित सामुदायिक र सीमान्तकृत विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

क्लबका पूर्व अध्यक्ष कृष्ण रानाभाटले क्लबले मेलविन्सको जन्मसप्ताहमा क्लबले प्रभावकारी सातवटा कार्यक्रम सञ्चालन गर्नुका साथै एक दर्जन कार्यक्रममा सहभागी भएको स्मरण गरे ।

द्वितीय उपाध्यक्ष आनन्द पौडेलले मानव जीवनमा मान्छेलाई नेतृत्व विकास गराउन, आत्मियता बढाउन र व्यक्तिमा सामाजिक भावना बनाउन लायन्स क्लब कोशेढुङ्गा सावित भएको धारणा राखे ।

क्लब अध्यक्ष असफल गौतमले लायन्स क्लबमा आवद्ध हुनु भनेको जीवन जिउने कला सिक्नु भएको बताए ।

क्लबले मेलबन्स सप्ताह अवधिभर खाजा, स्टेशनरी, सचेतना सामग्री सहयोग, कविता प्रतियोगितामा पुरस्कार प्रायोजन, सेवामुलक कार्यक्रममा व्यानर सौजन्यलगायतका कार्यक्रम सम्पन्न गरेको मेम्बरसीप चियरपर्सन तुल रानाभाटले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width