बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जुन नेताले गैर राजनीतिक चरित्र देखाएका छन् उनीहरुले नै विधिको कुरा गर्न नसुहाउने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी इन्चार्जसमेत रहेका गुरुङले संसदीय दलमा छलफल नगरी अविश्वासको प्रस्ताव ल्याउने प्रयास गर्नु नै गैरराजनीतिक र संसदीय दलको विधिको उल्लङ्घन भएको बताउँदै जस्ले विधि मान्दैन उसैले सडकमा गएर विधिको कुरा भन्न नमिल्ने बताए ।
शुक्रबार नेकपा जिल्ला कमिटी बागलुङले आयोजना गरेको जिल्ला भेलामा मुख्यमन्त्री गुरुङले राष्ट्रियताको पक्षमा उभिने, नाकाबन्दीको विरुद्धमा उभिने जनमत प्राप्त सरकारको प्रधानमन्त्रीविरुद्ध आफ्नै दलका नेता खनिनु भनेको राजनीतिक अराजकता र अनुशासनहिनता भएको टिप्पणी गरे । “समृद्धिको अभियान, दुई वर्षभित्र अल्पविकसित मुलुकलाई विकासशील मुलकमा लैजाने दृढ सङ्कल्पलाई विथोल्न आफ्नै पार्टीका नेताहरु लागे”, गुरुङले भने ।
मुख्यमन्त्री गुरुङले कार्यकर्ताहरुलाई सरकारले अपेक्षाकृतरुपमा समृद्धि हासिलतर्फ अगाडि बढेको बताउँदै हल्लाको र गुटको पछि नलागी मूल प्रवाहमा आउन आग्रह गरे । उनले ओलीपक्षनै विधानसम्मत रहेको बताएका छन् ।
मुख्यमन्त्री गुरुङले संसद् विघटन व्यवस्थालाई जोगाउन गरिएको र अदालतबाट संसद् पुनःस्थापना हुने सम्भावना न्यून रहेको बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१