स्याङ्जाकाे बगालथाेकमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते

आदर्श समाज संवाददाता
पौष ११, २०७७
accident1608982077

पाेखरा । स्याङ्जामा बस र ट्रक आपसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन्।

शनिबार दिउँसो साढे २ बजे पुतलीबजार नगरपालिका ११ बगालथोक नजिकै सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो।

अर्जुनचौपारीबाट आउँदै गरेको ना५ख ५१३९ नम्बरको बस र पोखराबाट वालिङ जाँदै गरेको लु१ख ६५९४ नम्बरको ट्रक ठोक्किएको हो।

ठक्कर खाँदा बस र ट्रकमा सवार १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

८ जनाको स्याङ्जास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, पाँच जनाको थप उपचारको लागि पोखराको जिएमसी अस्पतालमा रिफर गरिएको छ।

अर्जुनचौपरीका ३८ वर्षीय घमनसिंह गुरूङ, पोखराका ३५ वर्षीय जमुना काफ्ले, पर्वतका २८ वर्षीय अमृत विक, तानसेनका ४३ वर्षीय खुमबहादुर दंगाल, अर्जुनचौपारीका ६८ वर्षीया जमुना गुरुङलाई जिएमसी अस्पतालमा रिफर गरिएको छ। दंगाल ट्रक चालक हुन् भने विक बसका सहचालक हुन्।

त्यस्तै, ६३ वर्षीया तुलसी काफ्ले, पुतलीबजारका ५६ वर्षीय सालिग्राम सुनार, ५० वर्षीया उमादेवी सुनार, पर्वतकी ३० वर्षीया चेतकुमारी नेपाली, ७६ वर्षीय रुमबहादुर गुरुङ, ८३ वर्षीय शेषकान्त अर्याल, १८ वर्षीय सागर गैरे र ४७ वर्षीय प्रितमसिङ गुरुङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ट्रक र बसलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width