मुस्ताङ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँग जिल्लाका स्थानीय तहले समन्वय र सहकार्य गर्नुपर्ने घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताएका छन् ।
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको शनिबार सम्पन्न नवौं वार्षिक साधारण सभा कार्यक्रममा अध्यक्ष थकालीले जिल्लाको समग्र विकास सुशासन र समृद्धिका लागि पत्रकारको योगदान महत्वपूर्ण हुने भएकाले पत्रकार महासंघ मुस्ताङ शाखासँग सहकार्य गर्न आफूहरु तयार रहेको जनाए ।
अध्यक्ष थकालीले मुस्ताङ जिल्लाको पत्रकारिता आफैैमा चुनौतीपूर्ण भएको र यहाँको पत्रकारितालाई थप उचाइमा पुर्याउन पत्रकारको संख्या वृद्धि गर्नेतर्फ शाखाले भूमिका खेल्नुपर्ने बताए । पत्रकारले गरेको प्रत्येक सूचना सम्प्रेषणले कार्यान्वयन गर्ने निकाय थप जिम्मेवार हुने भएकाले समाजका बेथिति, विकृति, विसंगति र विकास निमार्णमा भएका राम्रा र नराम्रा पक्षको उजागर गरी समृद्ध नेपाल, सुखी नेपालीको दिशातर्फ उन्मुख हुनपर्ने अध्यक्ष थकालीको भनाइ थियो ।
पत्रकारहरुको छातासंस्था पत्रकार महासंघ मुस्ताङ शाखालाई आगामी दिनमा आवश्यक परेको अवस्थामा आर्थिक, भौतिक र रचनात्मक सहयोग गर्ने अध्यक्ष थकालीले प्रतिबद्धता जनाए ।
शाखा अध्यक्ष सुन्दरकुमार थकाली शाखाको सांगठनिक तथा चालु कार्यकालको विस्तृत प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरे । प्रतिवेदनमा शाखाले मुस्ताङको समग्र विकास र सुशासन कायम गर्ने तथा जिल्लाका पत्रकारलाई परेको समस्यामा शाखाले सहकार्य गर्दैआइरहेको बताए । अध्यक्ष थकालीले सुगमको जस्तो पत्रकारिता हिमाली जिल्लामा सहज नभएको उल्लेख गर्दै यसैका कारण क्षेत्रमा आउने नया पिढीको रुचि कम पाएको जनाए ।
पत्रकार महासंघको वार्षिक सदस्यता शुल्क हिमाली जिल्लाका लागि चर्को भएकाले हिमाली जिल्लालाई ५० प्रतिशत महासंघले सहुलियत दिनुपर्ने उनले सुझाए ।
शाखाका सदस्य राजु सेन्चुरीले पत्रकार महासंघले पत्रकार हकहित, सहयोग र विभिन्न कार्यक्रम आयोजना गरी शाखाको कार्यसम्पादनलाई चुस्त बनाएको उल्लेख गरे । कार्यक्रम सञ्चालन पत्रकार सुशीलबाबु थकालीले सञ्चालन गरेका थिए ।
साधारण सभामा पत्रकार महासंघका अध्यक्ष सुन्दरकुमार थकालीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र शाखाका कोषाध्यक्ष निरज थकालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । साधारण सभाले कोभिड—१९ को जोखिमको बेला पत्रकारले स्वास्थ्य सामग्री उपलब्ध गराउन महासंघले ध्यान नदिएको र कोभिड—१९ संक्रमणकालमा मिडिया हाउसबाट पत्रकारको पेसा धरापमा परेको र कतिपयले पारिश्रमिक नपाएको अवस्थामा महासंघले उपयुक्त भूमिका खेल्न नसकेको ठहर गरेको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१