पोखरा । लायन्स क्लब अफ पोखरा गतिशील स्टारको प्रथम चार्टर्ड डे सेरेमोनी सम्पन्न भएको छ । सो अवसरमा भएको खुला रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भयो ।
प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ बी १ का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले कार्यक्रम उद्घाटन गर्दै लायन्स पोखरा गतिशील स्टार सामाजिक सेवामा केन्द्रित रहेको भन्दै खुसी व्यक्त गरे । उनले क्लबको अझ प्रगतिको कामना गरे ।
कार्यक्रममा इन्टरनेशनल ३२५ बी १ का डेप्युटी चिफ एड्भाइजर पदमबन्धु पोखरेल, रक्तदान कार्यक्रमका डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, लायन्स लालीगुँरासका सचिव वसन्त सापकोटा, क्लष्टर प्रमुख सुरेन्द्रमानसिंह भण्डारी, सिनियर एओजी नवराज पौडेललगायतले रक्तदान कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।
सो अवसरमा मदर क्लब लायन्स पोखरा गतिशीलका निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक्ट चेयरपर्सन दामोदर सापकोटालाई सम्मान गरिएको थियो ।
क्लब अध्यक्ष बाबुराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष केशव शर्मा सापकोटा, संचालन सचिव ओमप्रकाश थापा र धन्यवाद ज्ञापन रक्तदान कार्यक्रम संयोजक नवराज पौडेलले गरेका थिए ।
कार्यक्रममा प्राविधिक सहयोग क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराले गरेको थियो ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१