झलकमान ब्युँतिएको झल्को

आदर्श समाज सम्वाददाता
पौष १, २०७७
jhalakman sarangi

पोखरा, १ पुस । लोक सँस्कृति रहे मात्र देश रहने धारण यहाँ एक कार्यक्रममा वक्ताहरुले राखेका छन् ।

झलकमान गन्धर्व राष्ट्रिय सारंगी संरक्षण पाठशाला प्रतिष्ठान पोखराको दोस्रो अधिवेशनको उद्घाटन समारोहका सहभागीले उक्त धारणा व्यक्त गरेका हुन् ।

अधिवेशनको उद्घाटन गर्दै अलिमिया लोक वाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले देश बचाउने हो भने लोक सँस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।

पहिले तिहारमा गन्धर्व जातिले गाउने गरेको भैलो अहिले सबै जातिले गाउन थालेको बताउँदै उनले सँस्कृति बचाउन गन्धर्वहरुको ठूलो योगदान रहेको उल्लेख गरे ।

प्राज्ञ तथा वरिष्ठ लोकगायक प्रजाप्रति पराजुलीले सारंगी पाठशाला पोखराको गौरव भएको भन्दै आफ्नो साथ र सहयोग रहिरहने बताए ।

नेपाल गन्धर्व विकास समुदायका केन्द्रीय अध्यक्ष सूर्यबहादुर गायकले गन्धर्व जातिका उत्थानको लागि सारंगी पाठशाला पनि एक भउको उल्लेख गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गति प्रतिष्ठान गण्डकी प्रदेशका संयोजक सुरेन्द्र गुरुङले गीत गाउने कलाकारहरु सबै ‘गाइने’ भएको बताउँदै गन्धर्वहरुले आफूलाई सानो जाति नठान्न आग्रह गरे । साथै विदेशी संस्कृतिको हस्तक्षेपले नेपाली लोक बाजाहरु समेत हराउँदै जाँदा यसमा आश्रित कलाकार समेत बेरोजगार बन्दै गएको उनले बताए ।

गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङले पाठशालाका साना भाइबहिनीहरुले सारंगीको धुन बजाउँदा झलकमान ब्युँतिएको झल्को लागेको बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले लोक सँस्कृतिको संरक्षण तथा कलाकारहरुको औषधी उपचारमा सहयोग जुटाउन समेत सञ्चार क्षेत्रले पहल गर्दै आएको भनाइ राखे ।

सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष धनबहादुर गन्धर्वको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष दिलीप गायकले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन कोषाध्यक्ष सरिता गायकले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै