अख्तियारको कार्यालय भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
मंसिर २९, २०७७
20201213_111713 (1)

पोखरा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवनिर्मित पोखरा कार्यालय उद्घाटन गरिएको छ । आइतबार आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले पोखराको मासबारस्थित कार्यालयका भवन उद्घाटन गरे ।

कार्यक्रममा डा. जोशीले सम्बन्धित निकायहरु जिम्मेवार र जवाफदेही भएमा विकास निर्माणका कार्य समयमै सम्पन्न हुने बताए । अख्तियार संघीय, प्रदेश र स्थानीय तिनै तहका सरकार तथा नागरिक समाजसँग सहकार्य गर्दै मुलुकमा भ्रष्टाचार नियन्त्रणमा अघि बढ्ने बताए । यसो भएमा मात्र सुशासन प्रवद्र्धनमा सघाउ पुग्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले भ्रष्टाचार न्यूनीकरणले मात्रै देशको विकास सम्भव भएको बताए ।

आयोगका पोखरा कार्यालय प्रमुख विपीन आचार्यले विगतको तुलनामा चालु आवको यस अवधिमा ७० प्रतिशत बढी उजुरी आएको बताए ।

१४ करोड ७२ लाख रुपैयाँ लागत अनुमान रहेको सो भवनको १२ करोड ८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ६ रोपनी जग्गामा फैलिएको सो भवन साढे २ वर्ष अवधिमा निर्माण कार्य सम्पन्न भएको हो ।

सो स्थानमा अत्याधुनिक २ वटा भवन निर्माण गरिएको हो । तीमध्ये प्रशासनिक भवनमा १० कोठा र प्रहरी भवनमा ११ कोठा रहेका छन् । यसअघि पोखरा ९, नयाँबजारबाट आयोगको क्षेत्रीय कार्यालय संचालन हुँदै आएको थियो ।

यस प्रदेशका अख्तियार सम्बन्धित सम्पूर्ण कामहरु निकट भविष्यमै पोखरा कार्यालयबाटै हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width