यूट्युबमा ‘दाल भात तरकारी’

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७७
Dal Bhat Tarkari

पोखरा । मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य अभिनित चलचित्र यूट्युबमा सार्वनजिक भएको छ ।

मह सञ्चारको आधिकारिक च्यानलबाट दुई दिन अगाडी सार्वजनिक भएको चलचित्रलाई करिब ६ लाख पटक हेरिएको छ, जुन औषत हो ।

चलचित्रमा मह जोडीका साथै निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, राजाराम आचार्य, किरण केसी लगायतको अभिनय छ ।

मह सञ्चारले निर्माण गरेको यो चलचित्रको लेखन हरिबंश आचार्यको छ भने निर्देशन सुदन केसीको छ । निर्देशक केसी कलाकार किरण केसीका छोरा हुन् ।

गत वर्षको बैशाखमा हलमा लागेको चलचित्रले राम्रो व्यापार गरेको थियो । रिलिजको करिब डेढ वर्षपछि यूट्युबमा सार्वजनिक हुँदा सन्तोषजनक भ्यूज भने पाएको छैन । हाल नेपालको यूट्युब ट्रन्डिङको नं. ७ मा रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width