शवबाहन किन्न २२ लाख संकलन

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७७
paropakar photo 24

लेखनाथ । नागरिक परोपकार समन्वय संस्था कास्कीले शववाहन खरिदका लागि सञ्चालन गरेको अर्थ संकलन अभियानको आठौं श्रृङ्खदासम्म करिब २२ लाख रुपैयाँ संकलन भएको छ ।

पोखरा–२६, अर्घौचोकमा बुधवार आयोजित कार्यक्रममा करिब २ लाख संकलन भएको आर्थिक संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जन्मपछि मृत्यु मानिसको एउटा अनिवार्य सर्त हो भन्दै संस्थाले अगाडि सारको योेजनामा सबैको साथ र सहयोग आवश्यक रहेको विचार राखे ।

पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सामाजिक संघसंस्थामा राजनीतिभन्दा माथि उठेर अगाडि बढ्न सबैलाई अनुरोध गरे ।

कर्यक्रममा नेकपा वडा २७ अध्यक्ष सूर्यमणि लामिछाने, लेखनाथ क्लब अध्यक्ष बालगोपाल श्रेष्ठ, लेखनाथ अर्घौ बजार व्यवस्थापन समितिका कावा अध्यक्ष टीकाराम सापकोटा लगायतले विपत्मा परेकालाई नामअनुसारको पुण्य काम गरेर देखाउनु पर्ने सुझाव दिए ।

संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रामराज अधिकारी र धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवी तिवारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width