सारथि बन्दै नेलम्बो नेपाल

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७७
nelambo

हेमजा । कोरोना महामारीले विश्व नै आक्रान्त भइरहेका बेला कस्केली जनताका लागि भने नेलम्बो नेपाल वरदान सावित भएको छ । कोभिड–१९ विरुद्घ जुध्न उसले सहयोग गरेका विभिन्न स्वास्थ्य सामग्रीले सहज भएको छ । संस्थाले लाखांैको सामग्री गाउँगाउँ पुगी वितरण गरिरहेको छ ।

आइतवार अन्नपूर्ण गाउँपालिकास्थित कुल ५१ सामुदायिक विद्यालयको पठनपाठनलाई व्यवस्थित गर्न करिब ६ लाख बराबरका माास्क, सेनिटाइजर, ग्लोब्स्, थर्मलगन लगायत वितरण गरिएको हो।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले कोरोना भाइरसविरुद्घको अभियानमा नेलम्बो नेपालले गाउँपालिकालाई ठूलो साथ दिएको बताइन् ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेकोमा पछिल्लो समय स्वास्थ्यअन्र्तगत कोभिड विरुद्घका सामग्रीहरु प्रदान गर्दै गाउँगाउँ पुगेको स्पष्ट पारे । उनले स्वास्थ्य र शिक्षामा संवेदनशील बन्न स्थानीयलाई सुझाव दिँदै अबदेखि दन्त सुरक्षाको सेवा पनि दिने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले संकटमा गरिएको सहयोगको ठूलो धर्म हुने औँल्याए ।

कार्यक्रममा शिक्षा अधिकृत बलराम भुगार्इँ, धारापानी माविका प्रअ महेन्द्रबहादुर कुँवर, संस्थाका जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारी, स्वास्थ्य प्रवद्र्धन संयोजक निर्मला देवकोटा, खोज अधिकृत समिका बस्नेत लगायतले धारणा राखेका थिए ।

संस्थाले हालसम्म करिब ६५ हजार मानिसलाई पुग्ने गरी ६२ लाख मूल्यका स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ। त्यसका साथै संस्थाले सामग्री प्रयोग गर्ने तरिकाबारे पनि सिकाउँदै आएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै