रक्तदानमा ३८ युनिट संकलन

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७७
blood donashion 14

लेखनाथ । पोखरा २७, रिठेपानीमा आइतबार लायन्स क्लब अफ पोखरा मुनाल र राईजिङ्ग स्टार युथ क्लबको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ ।

हालसम्म ३० औं पटक रक्तदान गरेका महेन्द्रजंग गुरुङलाई बल्डब्याग हस्तान्तरण गर्दै वडाध्यक्ष पूर्णकुमार गुरुङले कार्यक्रम उद्घाटन गरे । उनले समाजमा सकारात्मक सन्देश दिने गरी दुई संस्थाको सहकार्यमा भएको सो कार्य उदाहरणीय भएको बताए ।

लायन्स पोखरा मुनालका अध्यक्ष पुरुषोत्तम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवाली, लायन्स क्लबका डिष्ट्रिक डिपाटमेन्टल चिफ बालकृष्ण शर्मा, कार्यक्रम संयोजक जितेन्द्रमान शाक्य लगायतले रक्तदानको महत्वबारे बोलेका थिए । शाक्यले हालसम्म ७१ पटक रक्तदान गरेका छन् ।

लायन्स क्लबका रिजन चियरपर्सन ज्ञानेन्द्रराज कोइरालाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन राईजिङ्ग स्टार युथ क्लबका अध्यक्ष विष्णु गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै