पोखरा । स्वास्थ्य क्षेत्रलाई प्रविधितर्फ जोड्दा पोखरा २४ कास्कीकोटमा स्वास्थ्य चौकी भवन शिलान्यास भएको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले भवनको शिलान्यास गरेका हुन् ।
कार्यसम्पादनमा सहयोग पुग्ने भएकाले उक्त क्षेत्र रोजाइको केन्द्र बन्न कोशेढुङ्गा सावित हुने जिसीले बताए । स्थानियबासी, वडा, सम्बन्धित निकाय हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको भन्दै करदाताबाटै सुविधा पुर्याउने भएकाले महानगर कुनै हालतमा कञ्जुस्याईँ नगर्ने जिसीले बताए ।
वडाध्यक्ष ओमप्रसाद सुवेदीले कास्कीकोट क्षेत्रमा स्वास्थ्य चौकीको निर्माणले १८ सय ६५ घरधुरी लाभान्वित हुने बताए ।
करिब १ करोड २८ लाखमा नेश्नल स्टेट बिल्डर कम्पनीसँग ठेक्का सम्झौता भएकोे उनले जानकारी दिए । कास्कीकोट क्षेत्रमा प्रमुख समस्याको रुपमा रहेको खानेपानीका लागि ‘एक घर, एक धारा’को अवधारणा अघि सारी २ वटा बोरिङ संचालन गरेर १७ सय घरधुरीमा पानी बिस्तार गरेको भन्दै अब ३५ सय घरधुरीमा पानी पुर्याउने कामलाई अघि बढाइरहेको पनि उनले बताए ।
महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले स्वास्थ्य चौकी भवन निर्माणमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने बताए । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सबै सजग रहन आग्रह गर्दै केही लक्षण देखिएमा स्वास्थ्य चौकी मार्फत स्वास्थ्य महाशाखामा सुचित गराउन समेत उनले अनुरोध गरे ।
नेश्नल स्टेट बिल्डरका संचालक तिलक पोखरेलले करिब ६ महिनौ काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भवन निर्माणका लागि जग्गादाता एवं स्वास्थ्य चौकी समिति तथा व्यवस्थापन समिति सदस्य बाबुराम तिमिल्सिना र गुरुदत्त दवाडीले ३ रोपनी जग्गा दान गरेका थिए ।
करिब १० वर्ष अगाडी नै स्वास्थ्य चौकी भवन निर्माणको लागि सो जग्गा हस्तान्तरण गरिएकोे थियो । तर प्राविधिक कारण भवन बन्न सकेको थिएन ।
कार्यक्रममा जग्गादाता तिमिल्सिना र दवाडीलाई महानगर प्रमुख जिसीले दोसल्ला ओढाएर सम्मान गरेको जानकारी वडा सचिव कुस्मराज सुवेदीले बताए ।
लामो समय रोकिएको स्वास्थ्य चौकी निर्माण हुने भएपछि स्थानीय हर्षित छन् ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१