ट्राफिक जरिवाना सिधैँ बैंक काउण्टरमा

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७७
Pic-1

पोखरा, १२ मंसिर ।  कास्कीमा ट्राफिक नियम उल्लंघन गरेवापत् संकलित राजस्व अबदेखि सिधैँ बैंक खातामा जम्मा हुने भएको छ । राजस्व संकलन थप पारदर्शी बनाउन सवारीधनी र चालकको जरिवाना सिधैँ बैंक खातामा जम्मा हुने व्यवस्था गरिएको हो ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडाका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय र यसअन्तर्गतका इकाइहरुबाट सवारी नियम उल्लंघन गरेवापत यातायात व्यवस्था ऐन, २०४९ बमोजिम जरिवाना गरी संकलन गरिनेछ । र, सो रकम पोखरा –९, नयाँबजारमा नवनिर्मित कार्यालय भवनमा स्थापित ग्लोबल आईएमई बैंकको काउन्टरमा संकलन सुरुसमेत गरिएको हो ।

सोे काउण्टरको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले शनिबार उद्घाटन गरे ।

बैंक काउण्टर स्थापनापछि ट्राफिक कामकारबाही सहज, छिटोछरितो र पारदर्शी रुपमा सञ्चालनका लागि सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width