घरेलु मदिरा र पटेका नष्ट

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७७
Madira

कावासोती, २७ कार्तिक । पूर्वी नवलपरासीमा प्रहरीले बरामद गरेको घरेलु मदिरा र पटेका विहीबार नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुर मातहत रहेका विभिन्न प्रहरी कार्यालयहरुबाट विभिन्न समयमा विभिन्न स्थानबाट बरामद गरिएका १ हजार १५ लिटर घरेलु मदिरा र ५ हजार १ सय ७० थान विभिन्न प्रकारका पटेकाहरु प्रहरीले नष्ट गरेको हो ।

प्रहरीले सञ्चारकर्मीहरुको रोहबरमा अस्थायी प्रहरी पोष्ट डण्डामा नष्ट गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width