बुटवल, १४ कार्तिक ।घरमा नयाँ सदस्यको आवगनको चरम खुशीको कल्पना गर्दै अस्पताल गएकी गुल्मीको मदाने गाउँपालिका की ३० वर्षिय गीता पुरीको कल्पना कहिल्लै पुरा नहुने गरि पुरिएको छ । गीतासंगै उनको पेटमा हुर्किरहेको शिशुको पनि पेट भित्रै मृत्यु भएको खवरले पुरी परिवार पुरै विछिप्त बनेको छ । प्रदेशकै धेरै विश्वास गरिएको विशेषज्ञ चिकित्सकहरुले भरिपुर्ण लुम्बिनी प्रादेशिक अस्पतालमै वेथा लागेर पुगेकी उनको मृत्यु भएको हो ।
सरकारी अस्पताल त्यसमाथी दक्षस्वास्थ्यकर्मीहरु रहेको भनिएको अस्पतालमा लाहप्रवाहीले यस्तो घटना भएको आफन्तको गंभिर आरोप छ । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शुक्रबार दिउसोसम्म पनि शव बुझेका छैनन । अस्पतालको लापर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित अस्पताल गेट अगाडि विरोध जनाएका छन् ।
दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बिहिबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । ‘मृत्यु हुनुभन्दा ५ मिनेट अघिसम्म फोनमा कुरा हुँदा मलाई राम्रो छ, बच्चाको धड्कन कम छ रे भनेकी थिइन्,’ मृतकका आफन्त कमलराज गिरीले भने, ‘५ मिनेटपछि त मृत्यु भयो भन्ने थाहा पायौं, यसले गर्दा हामीलाई शंका छ, छानबिन हुनुपर्छ ।’
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिएपछि साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेको र अब नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताए । केही समयमा महिलालाई श्वास प्रश्वासमा समस्या भएको थाहा पाएपछि अपरेसन गर्ने निर्णयमा पुगेर शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमको भनाई छ । बच्चा खेल्ने ठाउँमा रहेको पानीको फोका फुट्दा पनि यसरी आकस्मिकरुपमा आमाको मृत्यु हुने गरेको उनले दावी गरे ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१