लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङमा गर्ने तयारी, संरचनाको अवस्था बुझ्न स्थलगत अध्ययन

विक्रम खड्का
कार्तिक १४, २०७७
lumbini pardesh ko toli

बुटवल, १४ कार्तिक । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा सार्ने निर्णय गरेसँगै कार्यालयहरु स्थानान्तरणको चर्चा शुरु भएको छ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमै प्रदेश सभाको हिउँदे अधिवेशनको तयारीका लागि गृहकार्य थालिएको छ ।

त्यसका लागि सभामुखसहितको टोलीले शुक्रबार राप्ती गाउपालिकामा रहेको भौतिक संरचनाको अवलोकन गरेको हो । त्यहाँ रहेको लुम्बिनी प्राविधिक शिक्षालयको भवनको भौतिक संरचनाको अवलोकन गरिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

अवलोकनका क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी, उपसभामुख कृष्णी थारु, प्रदेश सभाका सदस्यहरु लगायतको सभागिता रहेको थियो ।

सरकारले राजधानी तोकेको राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानीका लागि आफुकहां भएका भौतिक संरचना आफुहरुले उपलव्ध गराउन सक्ने बताए । उनले पालिकामा रहेको संरचनाहरु वैकल्पकि व्यवस्था गरेर प्रदेश सरकारलाई उपलव्ध गराउन तयार रहेको पनि जानकारी गराए । प्रदेश सभाका सभामुख पुर्ण वहादुर धर्तिले सरकारले राजधानी सार्ने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि सबैले सहयोग गर्नु पर्ने बताए ।

राप्ती प्राविधिक शिक्षालयमा प्रदेशको नजर
दाङको राप्ती गाँउपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयमा तत्कालका लागि प्रदेश सभा संचालनका लागि सरकारले योजना बनाएको छ। करिव १६ विगाह क्षेत्रफलमा रहेको सो शिक्षालयमा ३५ वटा साना ठुला भौतिक संरचना रहेका छन् । जहाँ अहिले एक हजार १ सय विद्यार्थीहरुले अध्ययन गर्दछन् । उनिहरुको विकल्प सहितको प्रस्ताव आए उक्त संरचना सरकारलाई दिन सकिने शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले बताए । उनले प्रदेश सरकारले औपचारिक रुपमा माग नगरेपनि स्थलगत अवलोकन गरेको उनको बताए ।

बुटवलमा अस्थायी संरचनामा रहेको प्रदेश सभा सचिवालय सबैभन्दा पहिला स्थानान्तरणको पहल भैरहेको छ । मुख्यमन्त्री शंकर पोख्रेलले आगामी हिउदे अघिवेशनवाटै प्रदेश सभा वैठक दाङमै वस्ने गरि तयारी थाल्न निर्देशन दिएको सरकारी अधिकारीहरुले बताएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width