महासंघकाे गण्डकी प्रदेश केन्द्रिय सदस्यमा गिरीको उमेदवारी दर्ता

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७७
baburam giri

लेखनाथ, १४ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको ५४ अैां बार्षिक साधारण सभा तथा अधिवेशनका लागि लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं बरिष्ठ सल्लाहकार बाबुराम गिरीले गण्डकी प्रदेश केन्द्रिय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

महासंघको मंसिर ११, १२ र १३ मा काठमाडौमा हुने ५४ औ बार्षिक साधारण सभा तथा निर्वाचनका लागि गिरीले विहिबार लेखनाथ उद्योग बाणिज्य संघको सचिवालयबाट इमेल मार्फत आफनो उम्मेदवारी दर्ता गराएका हुन्।

कोरोना भाईरसका कारण सवै जिल्ला तथा नगर उद्योग बाणिज्य संघबाट उम्मेदवारी दिन काठमाडौ नै जानुपर्ने बाध्यकारी अवस्थालाई मध्यनजर राख्दै निर्वाचन समितिले अनलाईनबाट नै उम्मेदवारी दर्ता गर्ने ब्यवस्था मिलाएकाले सोही अनुसार गिरीले गण्डकी प्रदेश प्रतिनिधी पदमा उम्मेदवारी दिएका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै