तनहुँ । तनहुँमा नेपाली कांग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिको दशैं भत्ता कोरोना उपचारमा खर्च गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको नेतृत्वमा बसेको बैठकले कोरोना कोषमा रकम दिने निर्णय गरिएको हो ।
तनहुँ बाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले सहमति जनाएका छन् । जिल्ला समन्वय प्रमुख वाग्ले र उप प्रमुख पवित्रा पौडेल, व्यास प्रमुख न्यौपाने र उप प्रमुख जोशी, भानु प्रमुख उदयराज गौली र उप प्रमुख आशा थापा, शुक्लागण्डकी प्रमुख किसान गुरुङ, म्याग्दे अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे, ऋषिङ अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्ष गिनुमाया थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पा श्रेष्ठ तथा देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले निर्णयमा सहमति जनाएका छन् ।
समन्वय प्रमुख वाग्लेले ३२ हजार र उपप्रमुख पौडेलले ३० हजार कोषमा जम्मा हुने गरि व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तान्तरण गरे । त्यस्तै नगरप्रमुख न्यौपाने र उपप्रमुख जोशीले ३०÷३० हजार कोभिड कोषमा जम्मा गरेका छन् । अन्य पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले दशैं खर्चको रकम आ–आफनै पालिकाको कोरोना कोषमा जम्मा गरेका छन् ।
नगरप्रमुख र उपप्रमुखले ३०/३० हजार साथै अध्यक्ष र उपाध्यक्षले २५/२५ रकम आ–आफनो पालिकाको कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको हो । उनीहरुले आफनो पालिकावासी सँग पीसीआर शुल्क नलिने घोषणा गरेका छन् । सरकारले पिसिआर परीक्षण गर्दा शुल्क लिने बताएपनि उनीहरुले निशुल्क परीक्षण गर्ने तनहँु कांग्रेसका सभापति तथा व्यास नगर प्रमुख न्यौपानेले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१