१. कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ स्थित भेडावारीमा एन्फाले वहुउद्देशीय ट्रेनिङ सेन्टर बनाउने समाचारले त्यस क्षेत्रका जनता हर्षित भएका छन् । मर्दी र इदि खोलाको किनारमा रहेको ५ सय रोपनी जग्गामा एन्फा एकेडेमी बन्न लागेको हो । एकेडेमीको लागि आवश्यक विस्तृत आयोजना र जमीनको नाप जाँच समेत भएर निर्माणका लागि बोलपत्र आव्हानको तयारीसम्मको काम भईरहेको छ ।
२. परियोजना अनुसार एकहजार सम्म दर्शक अटाउने प्याफिट, दुई फुटसल मैदान दुई अभ्यास मैदान र एक मुख्य मैदान बन्नेछ । यसैगरी छात्रावास, चमेना गृह, पाहुन ब्लक, जिम, मेडिकल तथा पुनःस्थापना केन्द्र बन्नेछ । साथै आर्टिफिसियल मिनपिच लगायतका संरचनाहरु बन्नेछ । परियोजना पूरा गर्न ९० करोडसम्म लगानी हुन सक्ने अनुमान गरिएको छ ।
३. एकेडेमी निर्माणका लागि एन्फा कार्य समितिले पहिलो चरणमा १७ करोड उपलब्ध गराउने निर्णय गरिसकेको छ । अन्य सहयोग जुटाउने प्रयासहरु भईरहेका छन् । एन्फाले नदी तटबन्ध गर्नका लागि गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको थियो । प्रदेश सरकारले पनि आफ्नै क्षेत्रमा निर्माण हुने उक्त परियोजनालाई गम्भीरता तथा उत्साहका साथ लिएको पाइएको छ ।
४. मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहितको टोलि परियोजना स्थलको अवलोकन गरिसकेका छन् । उनले इरी र मर्दी खोलाको कटानलाई रोक्न तटबन्ध निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको उक्त परियोजना प्रस्तावित स्थानमै बनाउनु पर्नेमा जोड दिएका छन् ।
५. माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दृष्यावलोकनका समेत गर्न सकिने एन्फा एकेडेमी परियोजना स्थल भेडावारी पोखराबाट १४ किमी पर उत्तरपश्चिममा रहेको छ । सडक पूर्वाधारको पहुँच पनि पुगेको उक्त स्थानमा एकेडेमी निर्माणका लागि छनौट गरी दुई वर्ष अघि देखि प्रकृया सुरु भएकोम अव निर्माण कार्यले पनि गति लिने विश्वास गरिएको छ । कास्कीको उत्तरी क्षेत्रको शिक्षा केन्द्रको रुपमा रहेको भिडाबारी खेलकूद क्ष्ेत्रको रुपमा पनि विकास हुँदा खेलकूद प्रेमी मात्र होइन सबैका लागि खुसीको कुरा हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१