कास्कीकोटमा दशैं पुजा नहुने

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७७
kaskikot

पोखरा । कास्कीको कास्कीकोटमा रहेको गुप्तकालिका मन्दिरमा यो बर्ष दशैं पुजा नहुने भएको छ । बढ्दो संक्रमणको जोखिमलाई हेरेर पुजा नगर्ने निर्णय गरिएको हो । मन्दिरमा प्रवेशमा समेत रोक लगाईएको गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

तर, महामारी नियन्त्रण र शान्ती कामनाआर्थ पुजा भने गरिने छ । गएको चैत्र देखि नै भाकल र पञ्चवलीका पुजा रोकिएका छन् । मन्दिर पुनः निर्माण भैरहेकोले विश्व शान्तिको कामना गर्दै केही पुजारीहरुले पुजा गर्ने समितिका अध्यक्ष दीलिपविक्रम शाहीले जानकारी दिए ।

विगतका वर्षहरुमा घटस्थापनाको दिनदेखि नै विशेष पुजा हुने यहाँ दशैं पुजा विशेष मानिन्छ । सप्तमीको दिन पोखराको रामघाटबाट फुलपाति लिएर कुवँर जातिको सरुन खेल सहित मन्दिरमा भित्र्याउने चलन छ । यसपालि सबै गतिविधि रोकिएको समितीका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width