सामुदायिक कुकुरहरुको बन्ध्याकरण

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७७
Hart

पोखरा, २५ असोज । हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट नेपाल) ले पोखरामा रहेका सडक सामुदायिक कुकुरहरुको बन्ध्याकरणको कार्य पुनः सुचारु गरेको छ । जस अन्तर्गत विशेषगरी केटि कुकुरहरुलाइ प्राथमिकतामा राखि दशैँ अघिसम्म कम्तिमा ३५ कुकुरहरुको बन्ध्याकरण गरिने भएको छ ।

हार्टले पोखरामा रहेका सडक सामुदायिक कुकुरहरुलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएको छ । गएको वर्ष यसै खोप लगाउने क्रममा कोविड १९ महामारीको कारण केही वडा छुटेका थिए । तिनै वडामा गएको हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए ।

सोक्रममा बन्ध्याकरण नभएका कुकुरहरुको संख्या धेरै देखिएको हुँदा बन्ध्याकरण सुरु गरिएको पनि शर्माले जानकारी दिए ।

यसका लागि ल्याइने कुकुरहरु मुख्यतः वडा नम्बर १५ र १७ बाट रहने जनाइएको छ ।

कुकुरहरुको संख्या कम गरी रेबिज नियन्त्रण गर्नको निम्ति पहिले कुकुरहरुलाई बिष खुवाई मार्ने चलन रहेकोमा अहिले यसरी कुकुरको हत्या गर्नेलाई कानुन बमोजिम पाँच हजार जरिवाना सहित कैद हुने गरको छ ।

तसर्थ कुकुर बिरालोको संख्यालाई कम गर्नको लागि बन्ध्याकरण नै एक उपाय रहेको छ । हार्ट नेपालले विगत १० वर्ष देखि पोखरा, भरतपुर लगाएत नेपालका विभिन्न ठाउँहरुमा पुगेर २२,००० भन्दा धेरै कुकुरहरुको बन्ध्याकरण गरिसकेको छ । यति मात्र नभएर हार्टले ३५,००० भन्दा धेरै कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै