प्रवासबाट गाउँमा सहयोग, सांसद बराल भन्छन्–प्रशंसनीय कार्य

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७७
0024

पोखरा, २५ असोज । पोखरा–२२ पुम्दीभुम्दीका ४ समूहसहित १ सय ३५ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

पुम्दीभुम्दी कल्याणकारी सञ्जाल यूरोपका मीनबहादुर गुरुङको सक्रियतामा यूरोपमा संकलित ५ लाख ६३ हजार रुपैयाँबाट शनिबार नगदसहित खाद्य राहत सामग्री वितरण गरिएको कालाभाङ घडेरी तमु समाज पोखराका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताए ।

साविक पुम्दीभुम्दी गाविसका ९ वटै वडाका प्रतिवडा १५ जना, ४ वटा विभिन्न समूहलाई २५ हजारको दरको सहयोग गरिएको अध्यक्ष गुरुङले जनाए ।

शनिबार लुकुनस्वाँराबाट राहत वितरण गर्न सुरु गरिएको थियो । उक्त राहत वितरण कार्य शुभारम्भ गर्दैै गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले रोजगारी शिलशिलामा विदेश गएर पनि आफ्नो ठाउँका सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले भने, “कोरोनाको यो महामारीका बेला आफ्नो गाउँ ठाउँ भनेर सबै समुदायका र सबै क्षेत्रका व्यक्तिहरुलाई सहयोग गर्नु उदाहरणीय कार्य हो । हामी जहाँ गए पनि हाम्रो भूमिप्रति आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । ”

यस्तै, कालाभाङ र पैयू चौतारा (भुम्दी) मा राहत वितरण भयो । पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले राज्यको अभियानमा यस्तो राहत वितरण कार्यक्रमले थप टेवा पुग्ने जनाए ।

पुम्दी टुनार आमा समूह, काभ्रे देउराली स्वाँरा आमा समूह, कालाभाङ चक्रा हाल्ने डाँडा र भुजेल आमा समूह (पुम्दी) लाई जनही २५/२५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो । अन्य व्यक्तिलाई जनही ५ सय नगद साथमा खाद्यसामग्री सहित जनही ३ हजार बराबरको राहत उपलब्ध गराइएको अध्यक्ष गुरुङले जनाए ।

बेल्जियममा रहेका मीनबहादुर गुरुङबाट २ लाख ४८ हजार, पवित्रा गुरुङ १ लाख ६२ हजार, चित्र गुरुङ २८ हजार र चोककुमार गुरुङ १४ हजार राहत दिए ।

त्यसैगरी, रेशम बरालबाट २ सय यूरो, मृगेन्द्र बराल १ सय ५० युरो, नर्वेमा रहेका रोशन बराल (लेख) २ सय युरो, स्पेनमा रहेका गोपाल गुरुङ ५० यूरो, बसन्ती गुरुङ ५० यूरो, पालप्रसाद गुरुङ ५० यूरो, देव गुरुङ ५० युरो, किरण गुरुङ ५० यूरो र एनआरएन स्पेन संयोजक देउकाजी गुरुङ ५० यूरो सहयोग रकम प्राप्त भएको कालाभाङ घडेरी तमु समाज पोखराले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै