पोखरा, २३ असोज । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार–२०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ ।
पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता/माता पूर्णप्रसाद/मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष पत्रकार लौडारीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
छनोट समितिको सदस्यमा पुरस्कार संस्थापक परिवारका सदस्य भोला बराल, कुशल बराल, पत्रकार बिमला भण्डारी सदस्य तथा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल पदेन सदस्य थिए । यसअघि सो पुरस्कारबाट पहिलो पटक पोखराका पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका थिए ।
सरकारी सेवा छाडेर वि.स. २०५१ बाट पत्रकारितामा प्रवेश गरेका लौडारी पर्यवेक्षक साप्ताहिक, आर्दश समाज पाक्षिकदेखि दैनिक, हिमालय टाइम्स दैनिक, कम्युनिकेशन कर्नर उज्यालो रेडियो नेटवर्क, पोखरा उद्योग वाणिज्य संघको व्यापार पत्रिकाको सम्पादकको रुपमा काम गरिसकेका छन् । ०६४ सालदेखि रेडियो तरङ्गको प्रबन्ध सञ्चालक र ०७४ सालदेखि हिमदूत राष्ट्रिय दैनिकको प्रबन्ध सम्पादक हुन् ।
यसअघि उनले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट सञ्चालित टी आई पत्रकारिता पुरस्कार ०५५ र नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित गजेन्द्र स्मृति सृजनशील पत्रकारिता पुरस्कार २०६१ बाट सम्मानित भैसकेका छन् । कात्तिक २ गते कार्यक्रम गरी उनलाई सो पुरस्कार प्रदान गरिने सचिव प्रदीप पौडेलले बताए ।
यसवर्ष युनियनले सूप्रेम शारदा स्मृति पत्रकारिता पुरस्कार र प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पनि वितरण गर्नका लागि छनोट समिति गठन गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका भवन निर्माणमा नयाँ प्रविधि
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१