पोखरा, १७ असोज । गण्डकी प्रदेशमा शनिबारदेखि कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।
गएको २४ घण्टामा थप १७ जना कोरोना सङ्क्रमित थपिएपछि प्रदेशमा कुल सङ्क्रमितको संख्या ४ हजार ३ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
पछिल्लो समय पोखरा महानगरपालिकाका १० जना, गोरखा जिल्लाका ५ र तनहुँका २ जना रहेका छन् ।
प्रदेशमा सक्रिय सङ्क्रमित हाल १ हजार १ सय ३९ जना छन् ।
कुल सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म २ हजार ८ सय ३१ जना निको भएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या गण्डकीमा ३३ जना पुगेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१