जेसीजको सेनेटरी प्याड बनाउने तालिम

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७७
sanitizer

पोखरा  । पोखरा जेसिजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन बुधबार महिलाहरुलाई सेनेटरी प्याड बनाउन सिकाइएको छ ।

महिनाबारीको बेला उचित हेरचाह नगर्दा पाठेघर तथा यौनसम्बन्धी विभिन्न रोग लाग्न सक्ने जोखिम न्यूनीकरण गर्न जेसीजले पोखरा–२४ कास्कीकोटका महिलाहरुलाई सो तालिम दिएको हो ।

पखेटा नेपालको सहकार्य तथा वडाको सहयोगमा सो तालिममा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउन सिकाइएको प्रीति मगरले बताइन् ।

उनले महिनावारी हँुदा आउने परिवर्तन र त्यसको असरबारे समेत प्रशिक्षण दिएकी थिइन् । पखेटा नेपालकी अध्यक्ष तथा तालिम प्रशिक्षक वीनु श्रेष्ठले प्याड बनाउन सिकाउँदै प्याड प्रयोग तरिकाबारे जानकारी दिइन् । उनले कपडाको प्याड बढी सुरक्षित रहेको बताइन् ।

वडाध्यक्ष ओमप्रसाद सुवेदीले पूर्वाधार विकास मात्र विकास नभइ नागरिकको स्वास्थ्य, नेतृत्व विकास समेत समाजको विकास भएको उनले बताए ।

वडासचिव कुष्मराज सुवेदीले महिनावारीको समयमा टालोको प्रयोग गर्दा ग्रामीण क्षेत्रका महिलाहरुमा पाठेघरसम्बन्धी समस्या हुँदै आएको बताए । बाहिरी कपडा राम्रो लगाए पनि भित्री कपडा भने स्वास्थ्यअनुकूल नलगाउँदा समस्या खेप्नुपर्ने भन्दै सचेत गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै