पोखरा । संयुक्त एम्बुलेन्स चालक संघ कास्कीको अध्यक्षमा होमनाथ पौडेल निर्वाचित भएका छन् ।
संघको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघ उपाध्यक्षमा अम्जद मियाँ, सचिवमा कुशल कुँवर र कोषाध्यक्षमा चित्रबहादुर थापा चयन भएका छन् ।
सदस्यमा बुद्धि पन्त, शिवकुमार श्रेष्ठ र कुलबहादुर गुरुङ छन् ।
केन्द्रीय प्रतिनिधिमा कास्कीबाट रामचन्द्र पहारीलाई छनोट गरिएको छ भने भेलाले केन्द्रिय सचिवालय सदस्यमा डिल्लीराम पौडेललाई मनोनीत गर्न केन्द्रिय अध्यक्षलाई आग्रह गर्ने निर्णय समेत गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए ।
कार्यक्रममा केन्द्रिय महासचिव मुक्ति काफ्लेले अब देशभरका एम्बुलेन्स चालक एक भएर आफ्नो हक र अधिकारका लागि लड्नुपर्ने बेला आएको भन्दै संगठित हुन आग्रह गरे ।
रामचन्द्र पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन डिल्लीराम पौडेल र स्वागत होमनाथ पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१