राखेप सदस्य–सचिव सिलवाललगायत खेलकुदका १९ जना विभूषित हुँदै

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७७
Ramesh Kumar Silwal, NSC General Secretary

पोखरा । नेपाल सरकारले खेलकुद क्षेत्रका १९ जनालाई विभुषित गर्ने भएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा संविधान दिवसको अवसर राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वले पदक तथा विभूषणबाट विभूषित हुने भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल सुप्रबल जनसेवा श्री (तृतीय) बाट विभुषित हुँदैछन् । त्यस्तै, ओलम्पियन तथा तेक्वान्दोकी राष्ट्रिय प्रशिक्षक संगिना वैद्य र तुलसीकुमार गुरुङ प्रबल जनसेवा श्री (चतुर्थ) बाट विभुषित हुँदैछन् ।

त्यसैगरी, राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा कीर्तिमय राष्ट्रदीप (चतुर्थ) बाट विभुषित हुँदै छन् । भारतोलनका विकास थापा, तेक्वान्दोका कमल श्रेष्ठ, तेक्वान्दोकै बिरबहादुर महरा, बक्सिङका भुपेन्द्र थापा, कराँतेकी सुनिता महर्जन, कराँतेकै सरु कार्की र कराँतेकै महशुस मोक्तान नेपाल प्रताप भूषणबाट विभुषित हुँदैछन् ।

त्यस्तै, एथ्लेतिक्सका किरणसिंह बोगटी, जुडोकी देविका खड्का, तेक्वान्दोका सन्जिब ओझा, बक्सिङकी मिनु गुरुङ, तेक्वान्दोकी निता गुरुङ, तेक्वान्दोकै संगीता मगर, कराँतेका प्रविन मानन्धर सुकीर्ति पदकबाट सम्भानित हुँदैछन् । त्यस्तै, परम पौरख भास्करबाट ट्रायलथनका हिमाल टमटा विभुषित हुने भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width