१. महेन्द्र प्रकृति संरक्षण कोष अन्तर्गत झण्डै ३५ वर्ष अघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएको हो । अन्नपूर्ण हिमालको काखमा रहेको साँस्कृतिक, प्राकिृतिक तथा पर्यावरणीय महत्वका वस्तुहरुको संरक्षण गर्ने उद्देश्यले स्थापित यो आयोजना विश्वमै नमूनाको रुपमा रहेको छ । यसैगरी पर्यटकीय क्षेत्रको रुपमा यो विश्वमा पहिरो रोजाईमा पर्ने गरेको छ ।
२. एक्यापले यो सफलता प्राप्त गर्नुमा यसको योजनाकार, संरक्षण समितिका पदाधिकारी, कर्मचारी मात्र होइन स्थानीय जनताको पनि उत्तिकै योगदान छ । वन जंगलको संरक्षण, वन्यजन्तुको संरक्षण, प्राकृतिक तथा पुरात्वात्तिक महत्वका वस्तुहरुको संरक्षण, लोक संस्कृतिको संरक्षण आदि कार्य यो आयोजनाले गर्दै आएको छ । यसैगरी आयोजना क्षेत्रमा रहेका मानवीय वस्तीलाई व्यवस्थित प्राकृतिक उपयोगको व्यवस्था, बाटोघाटो, विद्युत, खानेपानी, स्वास्थ्यचौकी, विद्यालय लगायतको क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।
३. अन्नपूर्ण पर्यटकीय पदमार्ग संसारमा प्रसिद्ध छ । वर्षेनी हजारौं पर्यटकहरु पदयात्राका लागि अन्नपूर्ण संरक्षण क्षेत्रमा आउने गर्दछन् । उक्त पदमार्गकै कारण पदमार्गमा रहेका ग्रामीण वस्तीहरुले विकासको अवसर पाएका छन् । होटल, व्यापार व्यवसायको बृद्धि भएको छ । धेरैले रोजगारी पाएका छन् । अन्नपूर्ण पदमार्ग यस क्षेत्रकै आर्थिक मेरुदण्डको रुपमा रहेको छ ।
४. अन्नपूर्ण संरक्षण क्षेत्र भित्र रहेपछि सो क्षेत्रका वासिन्दाले आफूले परम्परागत रुपमा गर्दै आएको वन्यजन्तुको सिकार तथा वन पैदावारको उपयोगमा अवरोध भयो । आफूखुसी गर्न नपाएपछि वेलावेलामा आयोजनाविरुद्ध आक्रोश व्यक्त हुँदै आएको पनि देखिन्छ । यस्तो हुनुमा अझै पनि प्रकृति संरक्षण सम्बन्धी शिक्षा जनमानसमा पुग्न नसकेको र यसको महत्व बुझाउन नसकिएको महशुस हुन्छ । स्थानीय जनताको आवश्यकतालाई पुरा गर्न वैकल्पिक उपायहरुको खोजी गर्न जरुरी छ ।
५. समुदायमा आधारित संरक्षण अवधारणा अनुसार स्थापित एक्याप समुदाय विपरित त सञ्चालन हुनै सक्दैन । समुदायले यसलाई शत्रु ठान्नु ठूलो भूल हो । अन्नपूर्ण संरक्षण अव आयोजना नभएर अरु कसैले सञ्चालन गर्दा त्यत्तिकै राम्रो हुन सक्छ कि सक्दैन ? संघीय, प्रदेश वा स्थानीय सरकारले यसको जिम्मेवारी लिएर काम गर्नुपर्दछ । अन्यथा बाँदरको हातमा नरिवल नबनोस्, सबैको चाहना यही हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१