धम्पुसमा राहत वितरण

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७७
dhampus

हेमजा । माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसमा शुक्रवार राहत वितरण गरिएको छ ।

साविक वडा १, २ र ३ अन्तर्गत जामुने, लखने, घट्टेखोला, झर्के र धार्नेका कुल ३७ विपन्न परिवारलाई राहात वितरण गरिएको हो।

साविक वडा ६ निवासी पानबहादुर गुरुङको स्मृतिमा हाल बेलायत निवासी उनका कान्छा छोरा नारायण गुरुङले उक्त सहयोग गरेका हुन्। जसअन्तर्गत प्रतिपरिवार २५ केजी चामल वितरण गरिएको छ ।

राहत बेलायत निवासी नारायण गुरुङका दाइ जीतबहादुर र भाउजू सन्तोषीले स्थानीय प्रगति टोल संयोजक नरबहादुर गुरुङको उपस्थितिमा वितरण गरेका हुन्।

उक्त कार्यमा स्थानीय उदय माविका शिक्षक शान्ति भण्डारीले सहजीकरण गरेकी थिइन् । कार्यक्रम समाजसेवी ढकबहादुर गुरुङले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width