हेमजा । माछापुच्छ्रे गाउँपालिकाका बाढीपीडितलाई कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल च्याप्टरले आर्थिक सहयोग गरेको छ।
च्याप्टरले कास्की परिवार दक्षिण कोरियाको सहयोगमा आइतवार गाउँपालिकाका कुल ८ पीडित परिवारमध्ये प्रतिपरिवार ८ हजार १ सयका दरले राहत वितरण गरेको हो ।
राहत प्राप्न गर्नेमा रविलाल विक, डिलबहादुर विक, डिलबहादुर विक (मामा), दुर्गे कामी, छली दमै, रामबहादुर नेपाली, लक्ष्मी दवाई र कल्पना पुन मगरका परिवार छन्।
कार्यक्रममा प्रदेश सांसद रामजीप्रसाद बरालले मापदण्डबिनाको विकास अराजक भएको जनाउँदै त्यस्तो विकास आवश्यक नभएको चर्चा गरे। भीरपाखाका एकदुई घरमा पनि विकास पुर्याउने नाममा बिनाइञ्जिनियरिङ सडक खनिएकोतर्फ संकेत गर्दै सांसद बरालले त्यस्तो विकास विनासको कारण बन्न सक्ने पनि औँल्याए।
सांसद बरालले त्यस्तो विकासलाई भडुवा विकासवादको संज्ञा समेत दिए । विपद्मा परेका परिवारका सदस्य विछिप्त बनिरहेकोतर्फ संकेत गर्दै उनले शोकलाई शक्तिमा बदल्नुको विकल्प नभएको बताए ।
माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले यस वर्ष आइतवारसम्म गाउँपालिकामा बाढीपहिरोकै कारण ४ जनाले ज्यान गुमाउनुपरेको तथा कुल ७ घरमा क्षति भएको बताए । उनले सडकको विकास भएमात्रै गाउँ विकास भयो भन्ने सोचाइबाट आमनागरिक माथि उठ्नुपर्ने तर्क समेत गरे।उनले दिगोे र वातावरणमैत्री विकासमा जोड पनि दिए।
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष डा. सुन्दर पौडेलले विकासको नाममा विनास हुन नहुने तर्फ सचेत गराउँदै वस्ती जोखिम मूल्याङ्कन गरी त्यसको न्यूनीकरण तर्फ ध्यान दिनुपर्ने बताए।
संस्थाका अन्तर्राष्ट्रिय समन्वय परिषद्का संयोजक शोभाकर भण्डारीले विपद्मा परेकालाई सहयोग गर्नु मानवीय धर्म हुने औँल्याउँदै सोही भावनाको साथ सहयोग गरेको स्पष्ट पारे।उनले कार्यक्रमबारे विस्तृत जानकारी दिर्दै सहयोगको सदुपयोग गर्न आग्रह पनि गरे।
कास्की परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सुरज गुरुङले सहयोगलाई मलमका रुपमा बुझ्न सुझाव दिए।उनले सरकारले पीडितको पक्षमा थप ध्यान दिनुपर्ने आवश्यकता समेत औँल्याए।
संस्थाका अन्तर्राष्ट्रिय समन्वय परिषद्का संयोजक शोभाकर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका ६ का वडाध्यक्ष हरिशचन्द्र ढुङ्गानाले स्वागत तथा नेपाल च्याप्टरका सदस्य हरि ढकालले कार्यक्रम संचालन गरेका थिए ।
यसैबीच संस्थाले आइतवार नै पोखरा–२५, हेमजा, झिर्झिकाका पहिरो पीडित बासुदेव अधिकारी र हेमजा हनुचोकस्थित सन्तोष खड्काको परिवारलाई पनि प्रतिपरिवार १० हजारका दरले सहयोग गरेको छ ।
संस्थाले शुक्रवार अन्नपूर्ण गाउँपालिकाका ८ पहिरोपीडितलाई सहयोग गरेको थियो । सोमवार रुपा गाउँपालिकाका ७ तथा मंगलवार पोखरा मगरपालिकाका १० जना पीडितलाई पनि सहयोग गर्ने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१