जनप्रिय स्ववियुको रक्तदान

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७७
janapriya

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५० युनिट रगत संकलन भयो ।

क्याम्पस प्राङ्गणमा भएको कार्यक्रमका प्रमुख अतिथि क्याम्पस संचालन समिति अध्यक्ष तारा गिरी थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख विरञ्जी गौतम, नेबि संघ इकाइ समिति सभापति नसिब गुरूङ, सिएसजी संचालक पूजन थकाली, फ्रेण्ड्स युनाइटेड, कास्की रेडक्रस, पिउरो पानी, एनवाइसी रत्नचोकलाई क्याम्पसका संस्थापक स्ववियु सभापति आशिक गुरूङले धन्यवाद व्यक्त गर्दै कोरोना जोखिम बढ्दै गएकोमा सबैलाई सचेत रहन अनुरोध गरे ।

कार्यक्रमको संचालन स्ववियु उपसभापति किसान थापाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै