पोखरा । युनाइटेड क्लब पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको क्लबले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
क्लबले हरेक वर्ष वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम गर्दै आएकोमा पोखरामा पनि रगतको अभाव सिर्जना भएपछि क्लबले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका स्वास्थ्य उपसमिति संयोजक तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले जानकारी दिए ।
पहिलो रक्तदाता डा आशीष श्रेष्ठलाई क्लबका अध्यक्ष लालकाजी गुरुङले ब्लडब्याग हस्तान्तरण गरी सुरु भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको क्लबका महासचिव शान्तबहादुर थापाले जानकारी दिए ।
स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सेतीनदी संरक्षण, दैवीप्रकोपमा परेकालाई सहयोग गर्दै आएको छ ।
क्लब अध्यक्ष लालकाजी गुरुङले क्लबले जस्तो परिस्थिति आएपनि आफूहरुले लिएको उद्देश्य अगाडि बढाएर जाने र सामाजिक सेवामा सदैव अगाडि बढिरहने बताए ।
……………….
फोटो ः युनाइटेड ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१