नवलपरासी, १४ भदौ । पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ६२ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार चितवन मेडिकल कलेजमा निधन भएको हो ।
एक साता अघि उच्च ज्वरो आउने र स्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो ।
चितवन मेडिकल कलेजमा पिसिआर परीक्षणको क्रममा पोजेटिभ देखिएपछि उनको आइसियुमा राखेर उपचार भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय चितवनलाई उद्दृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले दिएको जानकारी अनुसार ति पुरुषको शनिबार निधन भएको हो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले शनिबार कोरोना संक्रमणका कारण नवलपुरमा एक जनाको निधन भएको बताए ।
घिमिरेले मृतकका शव व्यवस्थापना परिवारको सदस्यसँग सल्लाह गरेर जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा चितवनमा आइतबार गरिने तयारी भईरहेको बताए ।
नवलपुरमा कोरोना संक्रमणका कारण ज्यान गुमाएको यो पहिलो घटना हो भने पश्चिम नवलपरासीमा यस अघि कोरोना संक्रमणकै कारण नेपाली काँग्रेस पश्चिम नवलपरासीका उपसभापति सुबासचन्द्र गिरीको निधन भएको थियो ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१