पोखरा १२ भदौ । कोभिड– १९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होटल ‘पे आइसोलेशन’ सञ्चालन गर्न तयार भएका छन् । महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम होटल र होटल स्टेले आइसोलेशन सेन्टर बनाउन आवेदन दिएको महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए । यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि होटललाई पनि पे आइसोलेशनको रुपमा प्रयोगका लागि आह्वान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताए। उनले भने, “कोभड –१९ को जोखिम बढिरहेको छ।
महानगरले कृषि तालिम केन्द्र मालेपाटनमा ४० श्य्याको आइसोलेशन तयार गरेको छ । यो मात्र पर्याप्त हुँदैन यसैले पे आइसोलेशनका लागि होटलहरुलाई आह्वान गरेका हौ ।” उनले पहिलो चरणमा दुई होटल इच्छुक देखिएको तथा उनीहरुले उपलब्ध गराउने सेवा सुविधा शुल्कको बारेमा छफफल भइरहेको जानकारी दिए। यसअघि महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ सञ्चालन गरिएको थियो। ती क्वारेन्टिनबाट करिब चारसय जनाले सुविधा लिएको बताइएको छ। ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको छ। महानगरले विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहानेका लागि यो सुविधा उपलब्ध गराएको जनाएको छ।
महानगरको सूचनाको आधारमा आइसोलेशन सेन्टरको रुपमा होटल सञ्चालनको लागि इच्छुक देखिएको पोखरा– १४ चाउथे स्थित होटल रोयल पामका व्यवस्थापक राज श्रेष्ठले बताए। उनले भने, “ गतचैत पहिलो साताबाट होटल बन्द छ, कोरोनाको जोखिम बढिरहेको छ । यो अहिलेको कठिन अवस्थामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्ड पूरा गरेर होटल आइसोलेशनका सेन्टरको रुपमा दिएर सामाजिक उत्तरदायित्व निर्वाह गर्नु हाम्रो पनि दायित्व हो।” होटलमा ३० कोठामा ६० श्य्या रहेको र ३५ कर्मचारी कार्यरत रहेका छन् । आइसोलेशनको रुपमा दिने सेवा सुबिधा र शुल्कको बारेमा महानगरसँग समन्वय गरेर अघि बढ्ने उनले जानकारी दिए।
पोखरा–१७ ड्यामसाइड स्थित होटल स्टेमा सञ्चालक लिलाबल्लभ पोखरेलले २३ कोठालाई आइशोलेशनको रुपमा दिन तयार भएको बताए। “कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण निकै नकारात्मक छ, सुरक्षा बिधि अपनाएर अब जनजीवनलाई सामान्य बनाउनु पर्छ, सङ्क्रमित प्रति सकारात्मक दृष्टिकोणको सन्देश दिन पनि होटललाई आइसोलेशन सेन्टरको रुपमा दिन तयार भएको हुँ । ” उनले भने। उनले सबैले आ–आफ्नो क्षेत्रबाट उत्तरदायित्व बहन गर्दै जान सकिएमा महामारी जित्न सकिने र स्थिति सामान्य हुँदै जाने विश्वास व्यक्त गरे।पोखरा –६ स्थित होटल कुटीका सञ्चालक देवेन्द्र केसीले अहिले क्वारेन्टिनको रुपमा होटल सञ्चालन भएको र आवश्यक परे आउने दिनमा आइसोलेशनको लागि होटल दिएर राज्यलाई सहयोग गर्न तयार रहेको जानकारी दिए।
पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरा महानगरपालिकाको आइसोलेशनका लागि आह्वान गरेपनि यहाँका अधिकांश होटल बन्द हुनुका साथै पर्याप्त पार्किङ्ग लगायतका मापदण्ड भित्र नपरेकाले आवेदन नदिएको बताए। उनले पोखरामा सात सय होटल रहेको र हाल क्वारेन्टिनमा सूचिकृत भएका २४ मध्ये ८ होटल मात्र सञ्चालनमा आएको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१