दमौली । जिल्लामा निर्मित एक पुल उद्घाटन नहुँदै बाढीले बगाएपछि स्थानीयले सास्ता बेहोरेका छन् । शुक्लागण्डकी नगरपालिका वडा ७ र म्याग्दे गाउँपालिका वडा ५ जोड्न म्याग्दे खोलामाथि निर्माण गरिएको पुल सञ्चालन नहुँदै बगेको हो ।
गत असार २७ गते आएको भारी वर्षाले निम्ताएको बाढीले पुलेका म्याग्देतर्फको सतह बगाएको हो । सांसद विकास कोषको ३० लाखको बजेटमा उक्त पुल निर्माण गरिएको हो । पुलको निर्माण पूर्ण रुपमा सकिपछि उद्घाटन तयारी गरेको अवस्थामा बाढीले पुलको बिम बगाएको म्याग्दे ५ का वडा अध्यक्ष शिव आलेले जानकारी दिए । उनले भने, ‘बाढीले निर्माण सम्पन्न भएको पुलमा क्षति पुर्याएको छ ।
‘पूर्ण रुपमा सम्पन्न भएको पुल अहिले आधामात्र देखिन्छ,’ आले भने, ‘हाम्रो वडापट्टिको भागमा रहेको पुलमा बाढीले ठूलो क्षति पुगेको छ ।’ खोलाले म्याग्दे क्षेत्रमा धेरै कटान गरेको उनले बताए । आ
र्थिक वर्ष २०७५÷७६ मा सांसद कोषबाट १९ लाख र ७६/७७ वर्षमा कोषबाट १० लाख बजेट विनियोजन गरिएको तनहुँ क्षेत्र २ का प्रतिनिधि केदार सिग्देलले बताए । उनले भने, ‘उपभोक्ताहरुले पुल निर्माण छिटो र राम्रो बनाउनु भयो तर निर्माण गर्दा संरक्षणमा ध्यान दिनुभएन ।’
उनले थपे, ‘हरेक वर्ष एउटै योजनामा बजेट हाल्न पनि मिलेन । अब स्थानीय तह र प्रदेश सरकारले उक्त पुल निर्माणमा ध्यान दिनु आवश्यक छ ।’
सो पुल मर्मतका लागि अझै २० देखि २५ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । त्यस्तै दुई वटा पालिकाबीच सम्बन्ध राम्रो नभएकाले पुल मर्मतमा कसैको चासो नजाने स्थानीयको चिन्ता छ ।
पुल नहुँदा बर्खाको समयमा खोला पार गर्न कठिन थियो । म्याग्देतर्फको भागमा ७५ घरधुरी मगर बस्ती रहेको छ । उनीहरुको दैनिक उपभोगको सामान खरिद गर्न शुक्लागण्डकी आउनु पर्छ । स्थानीय गंगा कार्कीले पुल नहुँदा गाईबस्तु चराउन जान पनि सास्ती हुने गरेको बताइन् ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१