लायन्स पोखरा सिमल चौतारीको रक्तदान

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७७

पोखरा । लायन्स क्लब अफ पोखरा सिमल चौतारीद्वारा आयोजित रक्तदान कार्यक्रममा १ सय २१ युनिट रगत संकलन भएको छ ।

लायन वर्ष २०२०/२१ मा लायन्स क्लब इन्टरनेशनल ३२५ बी १, नेपालअन्तर्गत हालसम्मकै सर्वाधिक १२१ युनिट रगत संकलन भएको बताइएको छ ।

डिष्ट्रिक्ट ब्लड डोनेसन कमिटीका डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले बिमला अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

शर्माले रक्तदान गरे जस्तो पुण्यको काम केही नहुने बताए । ‘हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ, त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं,’ उनले भने ।

कार्यक्रममा पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे, पोखरा महानगरपालिकाका वडा ८ का जनप्रतिनिधि किरण गौतम, लक्ष्मी कौशल, वीरेन्द्रनारायण विजुक्छे लगायतले आफ्नो भनाइ राखेका थिए ।

लायन वर्ष २०२०/२१ का क्लब अध्यक्ष कृष्णमान ठूसाजुको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम संचालन क्लबका सचिव पंकज पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै