माछापुच्छ्रे गाउँपालिका–३ घाचोक कि मृगौला पीडित सुस्मिता परियारलाई आर्थिक सहयोग गरिएको छ।
वैदेशिक रोजगार स्वयंसेवक टिम र माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्ल्ब लाहाचोकको संयुक्त अभियानमा सङ्कलित रकम वडा नं ४ का जनप्रतिनिधि पूर्णबहादुर शाही र वडा नं ३ का जनप्रतिनिधि सूर्यप्रसाद लम्सालको उपस्थितिमा १ लाख १३ हजार ९ सय ३३ रुपियाँ हस्तान्तरण गराइएको सुशील श्रेष्ठले जानकारी गराए ।
पीडितका गाउँवासी युवाले चलाएको अभियानमा छिमेकी गाउँ लाहाचोकले रकम सङ्कलन गरेको थियो । हाम्रो सानो सहयोगले उपचारमा टेवा मिल्छ भने किन सहयोग नगर्ने सोँचले वैदेशिक रोजगार स्वयंसेवक टिम संयोजक राजु क्षत्री अपुरोले आह्वान गरेपछि सक्रीय भएको कोरियामा कार्यरत सुन्दर हमाल, समीर शाही र अस्ट्रेलियाबाट सगुन अधिकारी र साउदीबाट लवि क्षत्रीले जानकारी गराए ।
यस अघि पनि वैदेशिक रोजगारमा रहेका लाहाचोकवासीले स्वयंसेवक टिम गठन गरी दुवै मृगौला फेल भइ उपचार गराइरहेका हरिलाल परियारका लागि १२ लाख पचास हजार हस्तान्तरण गराएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१