४० वर्षमा ४० वृक्षरोपण

असफल गौतम
श्रावण १३, २०७७
plantations

पछिल्लो समय आफ्नो जन्मदिने मनाउने संस्कारमा विविध परिवर्तन आउन थालेका छन् ।

यसै क्रममा यशकुमारी मानवअधिकार स्मृति अक्षयकोषका संस्थापक समाजसेवी सविन जिसीले आफ्नो जन्मदिन विभिन्न सामाजिक सेवामुलक कार्य गरेर मनाएका छन् ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध जिसीले वार्षिक रुपमा कहिले दिदी, हजुरबुबा, हजुरआमाको स्मृति, त कहिले घर परिवार र आफ्नो जन्मदिनका सन्दर्भमा लाखौं रुपैयाँ आर्थिक सहयोग गरेर समाजसेवाका कार्यमा आफूलाई क्रियाशील गराउँदै आएका छन् ।

यसैक्रममा उनले मङ्गलबार विभिन्न प्रजातिका वृक्षरोपण र आर्थिक सहयोग गरेर जन्मदिन मनाएका छन् । हरेक वर्ष आफ्नो उमेर अनुसारका बिरुवा रोपण गर्दै जन्म दिन मनाउँदै आएका जिसीले ४० औं जन्मदिनको सन्दर्भ पारेर मङ्गलबार विभिन्न प्रजातिका ४० विरुवा रोपेका छन् ।

उक्त विरुवा पोखरा–‌१९ लामाचौरको हाडे मोहरपानी सामुदायिक वनमा रोपिएका छन् । वृक्षरोपण कार्यक्रममा स्थानीय क्षेत्रमा क्रियाशील आमा समूह, जागृति टोल विकास संस्था, श्रीगणेश बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले उनको अभियानलाई साथ दिएका थिए ।

समाजसेवी जिसीले वृक्षरोपण मात्र होइन, पोखरा–१६ गैह्राबारी आमा समुहबाट निर्माण भैरहेको सामुदायिक बहुउद्देश्यीय भवनको लागि ११ हजार एक सय ११ रुपैयाँ नगद आर्थिक सहयोगसमेत प्रदान गरेका छन् ।

मानवअधिकारको रक्षा, सामाजिक र साहित्य सेवामा क्रियाशील जिसी मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका कोषाध्यक्ष हुन् ।  विभिन्न सामाजिक सेवाका काम गर्दै आएका जिसीले यस अघि आफ्नी दिदी यशकुमारी जिसीको स्मृतिमा स्मृति कोष, हजुरबुबा हजुरआमाको स्मृतिमा इन्द्रहुमा वाङ्मय कोष स्थापना गरी विभिन्न अनुष्ठान गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै