१. कास्कीको मादी गाउँपालिकामा वन्यजन्तुमैत्री पार्कको निर्माण सुरु भएको छ । पोखरा–सिक्लेस सडक खण्डमा पोखराबाट २० किमी पर रहेको तप्राङ वन क्षेत्रमा उक्त पार्क बन्न लागेको हो । एक हजार सात सय रोपनी रहेको गाउँपालिकाले जनाएको छ ।
२. अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गमा रहेको तप्राङ प्राकृतिक रुपले पनि मनोहर स्थान हो । यस स्थानबाट सिक्लेस, नामार्जुङ गाउँ, मादी नदी र हिम श्रृङ्खलाको दृष्यावलोकन गर्न सकिन्छ । त्यसवाहेक पनि विभिन्न जननातिहरुको बसोबास रहेको यस क्षेत्रमा साँस्कृतिक विविधता पनि रहेको छ ।
३. तप्राङको लेक पहिले देखि मृग, हरिण, झारल, घोरल, खरायो आदि जनवारहरु रहने स्थानको रुपमा प्रसिद्ध थियो । उक्त लेकाली वनमा चरणका लागि घरपालुवा जनवारहरु पनि लगेर छाड्ने चलन थियो । यसैगरी विविधजातिका लेकाली वनस्पति रहेको तप्राङ वन्य सम्पदा सम्पन्न स्थल हो । वनस्पतिबारे अध्ययन गर्नेको लागि पनि सो स्थान उपयुक्त रहेको छ ।
४. वनजन्तुलाई चिडियाखानामा जस्तो थुनेर नराखी खुला रुपमा विचरण गरिरहेको देख्न सकिने गरी निर्माण गरिने उक्त पार्कलाई सानो निकुञ्जको रुपमा लिन सकिन्छ । पार्क भित्रै पैदनमार्ग वनभोज क्षेत्र साना खेलकूद मैदान हाम्रै पहाडी गाउँहरुमा खेलिने लठ्ठे, चौहाली र रोटे पिङ तथा ठेलो हान्ने आदि खेल्न मिल्ने स्थान पार्क किनारामा क्षेत्रमा निर्माण गर्न सकियो भने अरु आकर्षण बढाउने छ । उक्त पार्क निर्माणले पर्यटन बृद्धिमा समेत सघाउ पुर्याउने छ ।
५. धेरै अघि देखि पहिरो पीडित बन्दै आएका तप्राङवासीका लागि उक्त पार्कको निर्माणले केही राहत मिल्नेछ । होटल व्यवसाय बढ्न सकनेछ । स्थानीय उत्पादनका वस्तुहरुले वजार पाउनेछन् । त्यसवाहेक दुग्ध तथा मासु उत्पादनका लागि पशुपालन बृद्धि हुनेछ । फलफुल, तरकारी आदि उत्पादनबाट राम्रो आयश्रोत बढाउन सकिनेछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१