गरिमामा अनलाइन खाता खोल्न सकिने

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७७
Garima Bank

पोखरा । गरिमा विकास बैंकले अनलाइनबाट खाता खोल्न सक्ने गरी नयाँ व्यवस्था सुरु गरेको छ ।

विदेश रहने सेवाग्राहीले समेत आफै खाता खोलेर आफ्नै खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बताए ।

जसको लागि बैंकको वेवसाइटमा गएर अनलाइन एकाउन्ट ओपनिङमा गरी उपयुक्त खाता प्रकार छनौट गरी निर्देशनबमोजिम आफ्नो विवरण भरी खाता खोल्न सकिने छ । जसमा आवश्यक कागजातहरु अपलोड गर्नुपर्ने बैंकले जनाएको छ ।

काठमाडौं लाजिम्पाट प्रधानकार्यालय रहेको बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९१ शाखा संचालनमा ल्याएको छ । बैंकले ५१ एटीएम र गरिमा रेमिटका १० हजार बढी एजेण्टमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको उपाध्यायले बताए ।

Related News

सम्बन्धित समाचार

  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…

hero news full width