बंगुरपालनमा युवा

भीमपाणि बराल
श्रावण १०, २०७७
Pig 08

लेखनाथ । पोखराका युवा व्यवसायीहरुले ८४ लाख रुपैयाँ लगानी गरी बंगुरपालन व्यवसाय सुरु गरेका छन् । युथ कम्युनिटि क्लबमा आवद्ध सदस्यद्वारा सञ्चालित मित्रता एग्रो प्रालिले पोखरा ३३ स्थित पिग पार्कमा बंगुरपालन सुरु गरेको हो ।

महानगरमा एकीकृत रुपमा वैज्ञानिक ढंगले बंगुरपालन व्यवसाय संचालन गर्ने उद्देश्यका साथ सेती नदी किनारको १ सय ४० रोपनी क्षेत्रफलमा बंगुर व्यवसाय औद्योगिक पार्क निर्माण गरी सो व्यवसाय सञ्चालनमा आएको हो ।

फार्म उद्घाटन समारोहमा पशुंपक्षी एवं मत्स्य विकास निर्देशानलयका वरिष्ठ मत्स्य विकास अधिकृत गायत्रीराज वाग्लेले कृषि व्यवसायमा दिगोपना आवश्यक हुने चर्चा गर्दै युवामा भएको जाँगर यस्तै कर्ममा लगाउनुपर्ने बताए ।

निर्देशनालयका प्राविधिक अधिकृत सुरेशकुमार श्रेष्ठले युवाले थालेको व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै सरकारतर्फबाट सहयोग गर्न सधैँ तत्पर रहेको बताएका थिए ।

मित्रता एग्रो प्रालिका सल्लाहकार रुद्र गिरीले राज्यले युवाका लागि उपयुक्त वातावरण दिन नसकेको बताए । उनले आगामी दिनमा युवालाई स्वरोजगार एवं व्यावसायिक बनाउन सीप सिकाउनु अनिवार्य भएको बताए ।

कार्यक्रममा बंगुर ब्रिडर कृषक सहकारी संस्थाका अध्यक्ष योगबहादुर आचार्यले समाजमा घृणित पेशाको रुपमा रहिआएको बंगुरपाललाई व्यावसायिक रुपले संचालन गर्न सके राम्रो आम्दानी गर्न सकिने भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्लबका अध्यक्ष पूर्णकुमार श्रेष्ठले युवा व्यवसायीहरुको साथ सहयोग र सहकार्यको लागि १ वर्षअघि क्लब स्थापना गरिएको बताउँदै ५ वर्षभित्र १० हजार युवालाई क्लबमा आवद्ध गराउने लक्ष्य रहेको सुनाए ।

युथ कम्युनिटी क्लब सल्लाहकार नगेनसिं ठकुरीले अब आफ्नै देशमा केही गर्ने बेला भएको र यसमा युवा जाग्नुपर्ने सुझाव दिए ।

कम्पनी अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कम्पनी निर्देशक जयन्ती मोक्तान र सञ्चालन सचिव कृष्ण दाहालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…

hero news full width