घाँसीकुवा जोगाउन माग

रासस
असार २९, २०७७
download

तनहुँ, २९ असार । आदिकवि भानुभक्त आचार्यले घाँसीबाट प्रेरणा पाएर साहित्यिक रचना गरिएको स्थान घाँसीकुवा संरक्षणको अभावमा परेको छ ।

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीले बनाएको कुवाको अस्तित्व नै मेटिने होकि भन्नेमा स्थानीयवासी चिन्तित भएका छन् । सडक विस्तारसँगै अहिलेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आउने हुँदा संरक्षणका लागि बेलैमा चासो राख्नुपर्ने देखिएको जनाइएको छ । पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत रहेको स्थानलाई मात्रै फराकिलो बनाउने योजना रहेको व्यास नगरपालिका– १२ का वडाध्यक्ष तोत्रबहादुर कुँवरले जानकारी दिए ।

सोही स्थान नजिक रहेको बुल्दी खोलाको किनारको भागलाई उठाएरसम्म बनाएर भए पनि घाँसीकुवालाई संरक्षण गर्न लागिएको उनले बताए । भानुभक्त मामाघर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । उक्त घाँसीकुवा पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ मा पर्दछ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब छ किलोमिटरको दूरीमा घाँसीकुवा रहेको छ । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रभावित भई भानुभक्तले यस्तो कविता रचना गरेका थिए ।

भर्जन्म घाँसतीर मन दिइ धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो,
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन आज यस्तो ।

घाँसीको प्रेरणाबाट आदिकवि भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गरेका हुन् । घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले पहिचान गर्न कठिनाइ भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताए । समितिका सदस्य प्रेम पन्थले हाल घाँसीकुवा रहेकोभन्दा २०० मिटर पर उत्तरतिर करिब १०० रोपनी सार्वजानिक जग्गामा स्थानीय बासिन्दाले भानु–घाँसी पार्क बनाउन दिने निर्णयसमेत गरिसकेकाले त्यस ठाउँमा पूर्वाधार निर्माण गर्न लागिएको जानकारी दिए ।

घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाउँ विकास समितिको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यस गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नं वडा कायम भएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width