नवलपुर, २७ असार । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकास्थित थुम्सीमा बाढीले डाईभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
लगातारको वर्षाले राजमार्गमा बनाइएको अस्थायी डाइभर्सनसमेत बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माण थालेको बुटवल–नारायणघाट सडकको दाउन्ने–गैँडाकोट खण्डमा सडक निर्माणका क्रममा कलभर्ट बनाउन डाइभर्सन बनाइएको थियो ।
बाढीले डाइभर्सन बगाएपछि राजमार्गमा यातायात बिहानदेखि ठप्प भएको छ । ठेकेदार नआइपुगेका कारण आवागमन खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी इन्स्पेक्टर चन्द्रबहादुर थापाले बताए ।
बाटो अवरुद्ध भएपछि बिरामी ओसार्न तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । पश्चिमबाट एम्बुलेन्समा आएका बिरामीलाई बोकेर खोला पार गरी अर्को एम्बुलेन्समा लैजान भन्दै तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रहरी इन्स्पेक्टर थापाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१